थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

२०७७ असार ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३० असार, काठमाडौं । मंगलबार थप ११६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४ जना रहेका छन् ।

त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२ जना संक्रमित भेटिएका छन् ।

झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

विगत २४ घण्टामा  कोरोना संक्रमण निको भएर ३४ जना डिस्चार्ज भएका छन् । हाल ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय