पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाऊ

२०७८ जेष्ठ १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती

जेठ १३ पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशको अर्थ मन्त्रालयद्वारा आज आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उहाँले सबैभन्दा पहिले जनता बचाउनुपर्ने भएकाले बजेटको ५० प्रतिशत स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

कोइरालाले निर्वाचन पूर्वाधार विकास क्षेत्रको बजेट दुई करोडबाट बढाएर बरु पाँच करोड पु¥याउनुपर्ने र यस कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्नेमा जोड दिनुभयो । मितव्ययिता भनेर भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको बताउँदै उहाँले प्रदेशको आम्दानी बृद्धिभन्दा अनावश्यक खर्च गर्न तल्लिन रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय