रेडक्रस स्याङ्जाबाट स्वास्थ्य संस्थालाई सामाग्री

२०७८ जेष्ठ १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल 

जेठ १३ स्याङ्जा । नेपाल रेडक्रस स्याङ्जाले जिल्ला भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई सामाग्री वितरण गरेको छ । कोरोना संक्रमणका बेला स्वास्थ्य सामाग्रीको आवश्यकतालाई मध्य नजर गर्दै जिल्लाका स्वास्थ्य संस्थालाई सामाग्री वितरण गरेको हो ।

जापानी रेडक्रसको सहयोगमा १ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको रेडक्रस स्याङ्जाका मन्त्री दिनेश अर्यालले जानकारी दिनुुभयो । उहाँका अनुसार बिहिवार पुतलीबजार नगरपालिकाको करेण्डाँडा स्वास्थ्य चौकी, भीरकोट, वालिङ, गल्याङ् नगर अस्पतालमा स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको बताउनुुभयो । जिल्लाका ग्रामिण क्षेत्रमा संक्रमण बढ्दो रुपमा जान थालेपछि रेडक्रस स्याङ्जाले आवश्यकताको महशुष गरेर स्वास्थ्य सामाग्री वितरणलाई तिब्रता दिएको छ ।

जिल्ला ११ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा क्रमश स्वास्थ्य सामाग्री वितरण गरिने मन्त्री अर्यालले बताउनुुभयो । जिल्लाका हरेक विपद्मा रेडक्रसले सहयोगलाई निरन्तरता दिए सगै यो स्वास्थ्य माहामारीमा पनि सहयागी हात फैलाएको छ । अर्यालका अनुसार बिहिवार वितरण गरिएको सामाग्रीमा पिपिइ, ग्लोब्स, स्यानीटाईजर, मास्क, सावुन रहेका छन् । करेण्डडाँडा र गल्याङ्मा स्वास्थ्यकर्मी मार्फत र वालिङ, भीरकोटमा नगर उपप्रमुख, प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

विपद्का बेला जिल्ला रेडक्रस सहयोग लिएर आउने गरेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताउनुुभयो । जहाँ विपद् छ त्यहाँ रेडक्रस छ भन्ने भावना जागृत गर्दै स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा नगर प्रमुख खनालले आभार व्यक्त गर्नुुभयो । त्यस्तै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्य संकटका बेला रेडक्रसले देखाएको सहयोगी भावनाको उच्च मुल्याङ्कन हुने बताउनुुभयो । यस्ता मानवीय विपद्मा रेडक्रसले देखाएको प्रति लक्षित गर्दै उपप्रमुख तिवारीले संवेदनशील घडीमा रेडक्रसले गर्ने सहयोगको निरन्तरताको अपेक्षा समेत राख्नुुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय