स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुदा एकको मृत्यु, ६ घाइते

२०७८ असार २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
कृष्ण बस्याल 
असार २ स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङ ठाटी स्थित भित्री सडक खण्डमा बानेथोकबाट बयारघारी तर्फबाट आउदै गरेको ग १ ज ४९४० नम्बरको जिप अचानक अनियंत्रित हुँदा सडकबाट ५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा परि भिरकोट नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय गणेशजंग अधिकारीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भिरकोट नगरपालिका वडा नम्बर ३ का जिप चालक बिकास थापा, ४० वर्षका रेशम परियार , ४६ वर्षीया प्रतिमा परियार , ४८ वर्षका रुक बहादुर , २८ वर्षिया सोनि श्रेष्ठ र पुतलीबजार नगरपालिकाका २४ वर्षिया दिनेश परियार रहनु भएको छ  । जिपमा ८ जना सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार