हिमलाल घर्ती
असार ६ स्याङ्जा । स्याङ्जामा आउँदो असार १५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार ७ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार १५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखिे निषेधाज्ञा शुरु भएको हो ।
जिल्लामा निशेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । रातो नम्वरका काडीहरुमा जोर बिजोर प्रणाली शुरु भएको छ। भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको भएको भन्दै प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत आग्रह गरेको छ ।
स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । कोरोनाको दोस्रो लहर चलसँगै जिल्लामा हालसम्म ९४ ज्यान गुमाएका छन भने तीर्न हजार ३२ जना संक्रमित मध्ये ३९७ सक्रिय संक्रमित रहेका छन् ।