नेकपा ( एकीकृत समाजवादी ) स्याङ्जाको अध्यक्षमा भट्टराई

२०७८ भाद्र १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल 

भदौं १६, स्याङ्जा । नेकपा एमालेबाट बिद्रोही गरेर फुटेको नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) पार्टी स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई चयन भएका छन् । माधब कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि स्याङ्जामा भट्टराईले अध्यक्षको नेतृत्व गर्नुुभएको हो ।

नेकपा एमालेमा विवाद शुरु भएपछि समानन्तर कमिटी गठन भएको स्याङ्जामा सोही कमिटीलाइ रुपान्तरण गरी पार्टी गठन भएको अध्यक्ष भट्टराईले बताउनुुभयो । समानन्तर कमिटीमा उपाध्यक्ष सर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी, उपसचिवमा टिकाराम नेपाली, सन्तोष केसी, खड्काराज सुवेदी लगायत १ सय ५१ सदस्यीय कमिटी गठन गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) पाटी गठन भएपछि सोही कमिटीलाई रुपान्तरण गरेर ४९ सदस्यीय सचिवालय कमिटी निमार्ण गरिएको अध्यक्ष भट्टराईल बताउनुुभयो । समिति गठन पछि बसेको सचिवालयको बैठकमा हरिनास गाँउपालिका वडा नम्वर ७ का जनप्रतिनिधि रहेका ऋषिराम लम्साल सहित दर्जनौ नेता नेकपा (एकिकृत समाजवादी) पाटीमा प्रवेश गरेको जनाएको छ । जिल्लाका स्थापित भइसकेका नेताहरु समाजवादीमा समाहित भएको बताइएको छ ।

जिल्ला कमिटी रुपान्तरण कार्यक्रम सगै धेरै नेता तथा कार्यकर्ता समाजवादीमा समाहित भएपछि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेलाई ठुलो धक्का पुगेको दावी उनीहरुको छ । बैठकले जिल्लाका ११ ओटै स्थानीयतहमा समिति गठन गर्ने, पार्टीका भावी योजनाहरु गाँउ गाँउमा पु¥याउने र पार्टीलाई संगठित बनाउन महत्वपुर्ण भुमिका खेल्ने निर्णय गरेको पार्टीका उपसचिव टिकाराम नेपालीले जानकारी दिनुुुुभयो । निर्वाचन आयोगले भदौ २२ गते सम्म पार्टी रोज्न समय दिएकाले नेकपा(एस) पार्टीमा अझै प्रवेश गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार