जिरोमा पहिरोको जोखिम बढेपछि बस्ती अन्त सारियो

२०७८ भाद्र १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

भदौ, १८ स्याङ्जा । गल्याङ नगरपालिका २ जिरोमा पहिरोको जोखिम बढेपछि त्यहाँका बस्ती अन्तै सारिएको छ ।

सिदार्थ राजमार्गको बुटवल पोखरा सडक अन्तर्गत गल्याङ नगरपालिका २ जिरो भन्ने ठाउमा रोड छेउमा रहेका घरहरु भदौको झरिले भत्किने अबस्थामा पुगेपछि उक्त स्थानमा रहेका बस्ती अन्यत्र सारिएको हो ।

सिद्धर्थ राजमार्ग देखि कालीगण्डकी जलविद्युत केन्द्र तथा ड्याम साईड जाने बाटो पनि त्यहि जोडिने हुदा ब्यापारिक केन्द्र बनेको उक्त ठाउँमा पहिरोको जोखिम बढेको हो । पहिरोको जोखिम बढेपछि उक्त ठाउँमा बसोवास गरिरहेकाहरु अन्यत्र सरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार