भदौ , २४ स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यूवानेता एवं वरिष्ठ पत्रकार इन्द्र रिजालले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गर्नुुभएको छ ।
कांग्रेसको उर्वरभूमि स्याङ्जाको संसदीय क्षेत्र नं १ बाट उहाँले कांग्रेसको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुुभएको छ। “कांग्रेसको संगठन हेर्ने भए स्याङ्जा जानु” भन्ने बीपी कोइरालाको भनाईलाई सम्झेर उहाँले कांग्रेसको संगठन निमार्णमा लाग्ने निर्णय गरेको बतानुुभयो । पछिल्लो समय स्याङ्जा कांग्रेस विभिन्न गुटउपगुटमा लागेर कमजोर भएको महशुश गर्दै “गुटरहित कांग्रेस, बलियो कांग्रेस” को नारा लिएर चुनावी मैदानमा ओर्लिनुु भएको छ ।
पञ्चायतको बर्बर दमन र लोकतन्त्र माथिको ठाडो हस्तक्षेपका बिरुद्धमा किशोर अवस्थादेखि नै पर्खाल बनेर उभिएको स्याङ्जा कांग्रेसको एउटा इतिहास हुनुहुन्छ, ईन्द्रबहादुर रिजाल । सधैं जनताको न्यायका पक्षमा कलम चलाउने वरिष्ठ पत्रकार रिजाल देशभित्र मौलाएको विकृत राजनीति र यसले नेपाली समाजमा पारिरहेको नकारात्मक असरका कारण अत्यन्तै चिन्तित पनि देखिनुहुन्छ । पञ्चायतकालदेखि नै नेपाल बिद्यार्थी संघको कलम र मशाल अंकित झण्डा बोकेर राजनीतिक र वाक स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्ने कांग्रेस नेता रिजालले अहिले पत्रकारिता, लेखन र राजनीतिलाई एकैसाथ अगाडि बढाईरहनुभएको छ ।
पञ्चायत बिरुद्धको आन्दोलनमा सरिक भई देशमा प्रजातन्त्रको पुर्नस्थापनापछि नेपाल बिद्यार्थी संघको विभिन्न जिम्मेवारीमा रहेर काम गनुभएको थियो । जुझारु यूवानेताका रुपमा परिचित रिजाल निडर, निर्भिक र बौद्धिकता पर्याय पनि हुनुहुुन्छ । राजनीतिका साथसाथै जनमञ्च साप्ताहिक जस्तो अत्यन्तै लोकप्रिय पत्रिकाको सम्पादक भई आफ्नो व्यवसायिक पत्रकारिताको यात्रा शुरु गनुभएका रिजालले २९ बर्षको पत्रकारिता जीवनमा आफूलाई देशव्यापी रुपमा स्थापित पनि गरीसक्नुुभएको छ । पत्रकारिताको सौ विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध रहेर समाजसेवीको भूमिका पनि निर्वाह गर्नुभएका उहाँ दर्जनौं सम्मान र बिभूषणबाट सम्मानितसमेत भइसक्नुभएको छ । स्याङ्जा पत्रकार समाज नेपालका संस्थापक र वर्तमान अध्यक्ष समेत रहेका यूवानेता रिजाल नेपालकै लोकप्रिय अनलाइन सञ्चारमाध्याम नेपालबहस डटकमका प्रधानसम्पादक समेत रहनुभएको छ ।
बौद्विक प्रखरता र लेखनशैलीमा नयाँ अभ्यास समेत भित्र्याउने यूवा नेता रिजालले पत्रकारितामा निडर, निर्भिक र तीखो टिप्पणीको व्यवसायिक पहिचान पनि बनाउनुभएको छ । कलमकै भरमा लोकतन्त्रको सुदृढीकरण र स्थिरताका पक्षलाई जोगाउन सफल रिजालले बिगत २९ बर्षदेखि नेपाली पत्रकारिताको मूलधारमा रहेर नेपाली कांग्रेसलाई बलियो बनाउने अभियानमा मात्र हैन लोकतन्त्रको चीरहरण हुँदा ज्यानको बाजी थापेर गलत प्रवृत्तिका बिरुद्ध निरन्तर आवाज उठाएका प्रशस्त उदाहरणहरु खोज्न टाढा जानू पर्दैन ।
नेपाली कांग्रेसभित्र विधि, पद्दति र निष्ठाको राजनीतिलाई स्थापित गर्ने आफ्नो एकमात्र उद्देश्य बनाउनु भएका यूवानेता रिजाल ०४५ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नवज्योति माविको नेविसंघ ईकाई सभापतिबाट आफ्नो विधिवत राजनीतिक यात्रा शुरु गनुभएका नेता रिजालले २०४८÷२०५० सालसम्म पोखरा बहुमुखी क्याम्पसमा नेविसंघ ईकाई सभापतिको गहन जिम्मेवारी सहजताका साथ निर्वाह गर्नुभएको थियो ।
बिद्यार्थी राजनीतिमा अत्यन्तै कुशल र नेतृत्व तहले अति विश्वास गरेका यूवानेता ईन्द्र रिजालले २०५१ देखि २०५५ सालसम्म नेविसंघ स्याङ्जाको उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा रही स्याङ्जा कांग्रेसको सांगठनिक विस्तारमा अग्रणी भुमिका निभाउनुु भएको थियो । राजनीतिक यात्रालाई निरन्तरता दिदै काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सभापतिका रुपमा जिम्मेवारी बहन गर्दै नेता रिजालले काठमाडौ र स्याङ्जाको सेतुको रुपमा कांग्रेसको संगठन निमार्णमा अंहम योगदान पुर्याएको उहाँकै समकक्षीहरु बताउँछन् । स्याङ्जा–काठमाडौं सम्पर्क समितिको पूर्व कोषाध्यक्षसमेत रहेका रिजाल यूवाहरुको ढुकढुकी पनि हुनुहुन्छ । ३३ बर्षसम्मको राजनीतिक जीवनमा उहाँले नेपाली कांग्रेस पार्टीलाई दिएका मात्र दिनुभएको छ केही लिनु छैन । यूवावयको उर्जाशील जीवन कांग्रेसमै सर्मपित गरेका रिजालले पार्टीका लागि रगत, पसिना बगाउनुभएको छ।
राजनीति र पत्रकारिता क्षेत्रमा समेत उत्तिकै दक्षता राख्ने अत्यन्तै तीक्ष्ण बौद्धिक क्षमता र खरो वक्ताका धनी रिजालले आफ्नो शैक्षिक यात्रालाई समेत निरन्तरता दिदै देशकै प्रतिष्ठित शंकरदेव क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर (एमबीए) सम्मको शिक्षा हासिल गर्नुभएको छ । अहिलेका कांग्रेस वृत्तमा चर्चित युवा नेताहरु भन्दा पनि लोकप्रिय रहेका स्याङ्जा कांग्रेसका धरोहर नेता रिजालले अमेरिकाको फ्लोरिडास्थित विश्वबिद्यालय ईन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सेजबाट मानार्थ बिद्यावारिधि (पीएचडी) को उपाधि समेत प्राप्त गरिसक्नुभएको छ ।
सामाजिक क्षेत्रमा समेत अत्यन्तै क्रियाशील नेता तथा वरिष्ठ पत्रकार रिजाल अहिले पनि लायन्स क्लब अफ काठमाडौं समृद्धिको पब्लिक रिलेशन निर्देशक, रोटरी इन्टरनेशनल लगायतका दर्जनौं सामाजिक संस्थामा पनि आबद्ध रहि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। खरो र निष्पक्ष पत्रकारिता गरिरहेका नेता रिजाललाई उहाँको कामको उचित मुल्यांकन गर्दै गतबर्ष मात्र नेपाल पत्रकार महासंघ काठमाडौंबाट वरिष्ठ पत्रकारको पदवीबाट सम्मानित एवं पुरस्कृत गरिएको थियो । हाल नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य रहनुु भएका स्याङ्जा कांग्रेसका युवा नेता रिजालले पत्रकारिता र राजनीतिका माध्यमबाट लोकतन्त्र, मानवअधिकार र बीपी विचारको संस्थागत विकासमा निस्वार्थभावले महत्वपूर्ण योगदान पुर्याउँदै आएको कुरा ऐना जत्तिकै छर्लङ्ग छ ।