विप्लवका कार्यकर्ता रिहाई गर्न सरकार सकारात्मक

२०७८ कार्तिक ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
काठमाडौँ ।

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा सोमबार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुन सम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुन सम्मत फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दी लाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिनुभयो । खातीले छलफलमा नेकपाले पार्टीका विभिन्न जेलमा रहेका कैदीबन्दी र मुद्दाको सूची सरकारालाई जानकारी गराउने पनि बताउनु भएको छ ।

त्यस्तै दुवै पक्षबीच सहमति र सहकार्यमा अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा नेकपाका तर्फबाट आफूहरू अब संविधान र कानुनबमोजिम पार्टीको संगठन निर्माणमा जुट्ने र त्यसमा सहयोग गर्न सरकारलाई आग्रहभएको महान्यायाधिवक्ता खातीले बताउनुभयो ।

नेकपाले सूचीउपलब्ध गराउने र सरकारले पनिआफ्नो तर्फबाट सूची खोजेपछि ‘भेरिफाइ’ गरी अन्तिम सूचीतयार हुनेछ । तयार भएको अन्तिम सूचीका आधारमा बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउन र बन्दीहरूलाई रिहा गर्न सकिन्छ, त्यसको प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने सहमति पनि दुवै पक्ष बीच भएको छ ।

नेकपाकाप्रवक्ता प्रकाण्डले बैठक सकारात्मक रूपमा अघि बढेको र केहीदिनमै नतिजानिस्कने जानकारी दिनुभयो ।यसअघि कात्तिकदुई गते गृहमन्त्री खाणको पहलमा नेकपा र नेपाल सरकारबीचतीनबुँदे सहमतिकार्यान्वयनका सन्दर्भमा छलफल भएको थियो ।त्यसअघिअसोज ३१ गते गृहमन्त्री खाणले सहमतिकार्यान्वयनबारे सरकारी पक्षसँगतयारी बैठक गर्नुभएको थियो ।

छलफल मुख्यगरी सहमतिको बुदाँनम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथिलगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेतातथाकार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमतभएको छ,’ भन्ने विषयबारे केन्द्रित थियो ।

०७७ फागुन २० गते सरकारकातर्फबाट वार्ता टोलीका संयोजक तत्कालिन गृहमन्त्री रामबहादु थापा र सदस्य तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई तथा नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक पार्टी प्रवक्ता प्रकाण्ड र सदस्य पार्टी केन्द्रीय समिति सदस्य दिपकले तीनबुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार