राष्ट्रिय शभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाँणले फुटबल टिमलाई सम्मान गर्नेछन् ।इनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहास रच्न सफल भएको छ ।
‘उत्कृष्ट प्रदर्शनका साथ नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्ने वित्तिकै तरुण विभागले राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरिसकेको थियो ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियनबन्ने विश्वास लिएका छौं,’ तरुण विभागले विज्ञप्तिमा भनेको छ ।