स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्नेदेशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन २३ माघ, । स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी(१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली र गुल्मीको रुरु गाउँपालिका १ रिडीलाई जोड्ने गर्दछ ।२०७१ साल असार १० गते नयाँ बाटोरुबिना ,मना,जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे पुल शाखासँग निर्माण सम्झौता गरेका थिए । सम्झौतामा ९ करोड ८८ लाख २६ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख थियो ।

झोलुंगे पुल शाखाका योजना प्रमुख भरत अर्यालका अनुसार सात वर्षपछि बल्ल पुल निर्माण सम्पन्न हुँदै छ । यसबीचमा तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले ९० प्रतिशत काम सकिएको र आगामी चैतभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको अर्यालको भनाइ छ । स्याङ्जा, पाल्पा र गुल्मी तीन जिल्लाको मध्यभागमा पर्ने गरी १७७ मिटर अग्लो मुख्य पिलर निर्माण गरिएको छ । तीन जिल्लाबाट लठ्ठा तानेर मुख्य पिलरमा जोडिएको छ । अब पुलमा सौर्यबत्ती जडान, रंगरोगन र पुलमा उक्लिने भर्‍याङ बनाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय