खुकुरी प्रहार गरी दुईको हत्या

२०७८ माघ २४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुपाल्चोक, २४ माघ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय