पोखरा, २९ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताउनुभएको छ।
पोखरा महानगरपालिकाको १० औं सभाको उद्घाटन समारोहमा शुक्रबार मुख्यमन्त्री पोखरेललभन्नुभयो, ‘गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा हामी पछाडि छौं । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ । उहांले अबको पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्नेगरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले संघ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उहांले भन्नुभयोे, ‘सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको हो ।उहांले स्थानीय तहका ५ वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैलाई समीक्षा गर्नुपर्ने बेला भएको पनि उल्लेखगर्नुभयो । उहांले भन्नुभयो ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो ।’ पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै उनले यहाँका सडक चौडा हुन्, फराकिलो फुटपाथ, फूलका क्यारी सहितको फुटपाथ रात्रिकालीन बत्ती, चोक र टोलहरुमा सिसी क्यामेरा जरुरी रहेकाउहालेबताउनुभयो । पोखरा आकर्षक मात्र होइन सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्छ भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको बताउनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका बेला अब यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी रहेको भनाइ राख्नुभयो । अहिले मुग्लिन पोखरा सडक खण्ड विस्तारको काम भइरहेकामा जामुने पोखरा खण्डमध्ये पोखरातिरबाट काम थाल्नका लागि प्रदेश सरकारले आयोजना प्रमुखसँग कुरा गरिसकेको उहांले बतउनुभयो । पोखरा मुग्लिन सडक स्तरोन्नतिको काम भइरहँदा विकल्पको रुपमा रहेको बुद्धसिंह मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले पहल गरेको खुलासा उहांले गर्नुभयो। मुख्यमन्त्री पोखरेलले भनेयसका लागि म आफै पनि स्थलगत अनुगमनमा गएर फर्केको छु । नारायणघाट मुगलिन सडक खण्डको घुमाउने भन्ने ठाउँमा पुल निर्माणाधीन छ । त्यसमा हालका लागि बेलिब्रिज बनाएर भए पनि धुमाउनेदेखि दमौली सडक सञ्चालनमा ल्याउने हो भने झण्डै ३२ किलोमिटर बाटो छोटिन्छ ।’ दमौलीबाट सिसाघाट हुँदै मध्यपहाडी लोकमार्गबाट पोखरा निस्कनका लागि छोटो बाटोको विकल्प पनि उहांले सुनाउनुभयो। पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने उहांको आग्रह छ । उहांले भन्नुभयो ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन ।’ फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको भन्दै उहांले अब काम कसरी गर्ने चुनौती रहेको सुनाउनुभयो । पोखरामा व्यवस्थित बसपार्क बनाउन धेरै ढिलाइ भइसकेको चर्चा गर्दै उहांले प्रदेशको समेत सहभागितामा लामेआहालमा बसपार्क बनाउन म सहकार्यका लागि आह्वान गर्नुभयोे ।
प्रदेश सरकारको नेतृत्वमा आफू आएको ७ महिना भए पनि नागरिकको नजिक पुग्ने प्रयास हामीले गरेको उहांको भनाइ थियो । विकासे योजनाका साथमा सामाजिक क्षेत्रका कार्यलाई पनि हामीले सँगसँगै अगाडि बढाएको मुख्यमन्त्री पोखरेलले सुनाउनुभयो । चर्चामा आएर पनि अगाडि बढ्न नसकेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अब सुरु हुनेभएको जानकारी उहांले दिनुभयो , उहांले भने, ‘लगानी बोर्डले अब पोखराको सिलिङे डाँडामा सम्मेलन केन्द्र बनाउने छ । गत साता हामीले यसका बारेमा काठमाडौंमै पुगेर छलफल गरेपछि काम अगाडि बढ्ने भएको हो ।’ अब फागुन १ गतेबाट प्रदेशभरका अस्पतालमा रगतको निशुल्क प्रबन्ध गरिएको पनि उहांले बताउनुभयो । कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई अध्ययनका लागि मासिक ५ हजार रुपैयाँ, परिवारको सदस्य गुमाएकाहरुलाई एकमुष्ट ५० हजार रुपैयाँ दिन सुरु गरिसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । उहांले भन्नुभयो, ‘पोखरा मात्र होइन गण्डकी प्रदेश नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका छौं । अहिले पोखराको सडक छेउमा धेरै दृष्टिविहीनहरु गीत गाएर बसेको देखिनुभएको छ, उहाँहरु कहाँबाट किन र कसरी आउनुभएको हो, महानगरले चासो देखाइदिनुहोला ।’
पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भनेर गरेको निर्णय अब कार्यान्वयनमा जाँदै गरेको उहांले सुनउनुभयो । व्यवसाय जीवन रक्षा कोषको कार्यविधि हालै मात्र संशोधन गरेर विकास बैंकहरुलाई पनि यसमा सहभागी गराइएको जानकारी उहा।ले दिनुभयो । यसका साथमा दुम्कीवास त्रिवेणी सडक खण्डमा निकुन्जको अवरोध हटेर अब काम अगाडि बढेको, डेढगाउँ झ्यालवास सडक खण्डका लागि ठेक्का लागिसकेको पनि उहांले सुनाउनुभयो । कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई सुन्दर बनाउनका लागि सबै एकजुट हुनुपर्ने भन्दै यसमा प्रदेश सरकारले पनि साथ दिनुपर्ने भनाइ राख्नुभयो । उपमेयर मञ्जुदेवी गुरुङले ५ वर्षको अवधिमा महानगरले देखिने गरी काम गरेको बताउनुभयो । उक्त अवसरमा वडाध्यक्षद्वय रामराज अधिकारी, शोभामोहन पौडेल, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले भनाइ राख्नुभएको थियो ।