आइतबारदेखि देशभरिका शिक्षण संस्था सुरू

२०७८ फाल्गुन १, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १ फागुन ।आइतबारदेखि देशभरिका शिक्षण संस्था फेरि खुलेका छन्। कोरोनाभाइरसको तेस्रो लहर फैलिएपछि सरकारले शिक्षण संस्था बन्द गरेको थियो।

ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय, कलेज र विश्वविद्यालयको पढाइ र परीक्षा सुरू भएको हो। यो बीचमा सरकारले विद्यालय बन्द गरेर १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाएको थियो। धेरै बालबालिकाले खोप लगाइसकेकाले विद्यालय खोल्नु सुरक्षित भएको सरकारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय