स्कुलका छात्रछात्रालाई स्याङ्जा सहयोग समाजको न्यानो कपडा वितरण

२०७८ फाल्गुन ११, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,११ फागुन । जिल्ला र जिल्लावासीहरुलाई सहयोग संगै जिबनस्तर उकास्ने उदेश्यका साथ स्थापना भएको स्याङ्जा सहयोग समाजले जिल्लामा न्यानो कपडा वितरण गरेको छ ।

वालिङ् नगरपालिका २ मा रहेको श्री देउराली आधारभूत बिधालयमा अध्यनरत ४० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको स्याङ्जा सहयोग समाज साउदी अरबका सस्थापक अध्यक्ष मोहन बि एस के ले जानकारी दिनुभयो । साउदी अरबको सहयोग र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा न्यानो कपडा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्कुलले अन्य कपडा उपलब्ध गराउने भएपछि हामीले ती बालबालिकालाई सुईटर उपलब्ध गराएका हौ ।”

वितरण कार्यक्रममा बोल्दै सोही वडाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पोत प्रसाद लम्सालले जिल्ला र जिल्लावासीको हकहितमा खोलिएको समाजको प्रसंशा गर्नुभयो । उहाँले भन्नुभयो “एक्लैले समाज परिवर्तन सम्भव छैन । समाज परिवर्तनको लागि सबै सहयोग अपरिहार्य छ ।”  कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीका संरक्षक खेम नारायण काफ्ले,पुर्ब स्कुल ब्यबस्थापन समितीका अध्यक्ष जमान सिङ नेपाली,भुतपुर्व शिक्षकबाट अम्मर सिङ नेपाली,वडा विकास समितीका सदस्य भोज बहादुर सार्की,वडा सदस्य पुर्णमाया नेपाली साथै स्कुलका शिक्षक शिक्षिका,विद्यार्थीहरु,अभिभावकहरु, समाजसेवी तथा अन्य स्थानीयहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय