भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउदै ‘प्रचण्ड’

२०७८ चैत्र १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरुमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ । जिम्मेवारी प्राप्त पछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार