फुयालको “अँजुलीमा थाप्न पाएँ” कृति सार्वजनिक

२०७८ चैत्र २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२७ चैत्र । लामो समयदेखि परराष्ट्र सेवामा रहेनुभएका कवि तथा गितकार सागर फुयालको कविता तथा गित संग्रह “अँजुलीमा थाप्न पाए” कृति सार्वजनिक गरिएको छ।

काठमाडौंमा आयोजित एक समारोहका बीच प्रा.डा.श्रीकृष्ण श्रेष्ठ , पूर्वराजदूतहरू निरन्जनमान सिंह बस्नेत , अरुण धिताल , बलबहादुर कुँवर , समालोचक नेत्र न्यौपाने , साहित्यकारहरू धीरकुमार श्रेष्ठ तथा कृसु क्षेत्री , समाजसेवी मुरारी आचार्य एवम् लेखककी आमा तथा प्रकाशक मैया फुयालले संयुक्तरूपमा कृति सार्वजनिक गर्नुभएकाे हाे ।

कृति सार्वजनिक पश्चात् समीक्षा गर्दै समालोचक नेत्र न्यौपाने , साहित्यकार धीरकुमार श्रेष्ठ तथा कृसु क्षेत्रीले कवि फुयालका कवितामा पाईने सिर्जनशीलतालाई अझ परिष्कृत गर्दै साहित्य सिर्जनामा निरन्तरता दिन आवश्यक रहेको ‌औंल्याउनु भयाे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.श्रीकृष्ण श्रेष्ठले “अँजुलीमा थाप्न पाए” कृतिका लागि सर्जकलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

सर्जक आमा मैया फुयालको सभाध्यक्षतामा आयोजित लोकार्पण कार्यक्रममा शब्दाङ्कुर मासिकका सम्पादक गोविन्द घिमिरेले स्वागत मनतव्य राख्नुभएकाे भने संचालन टेकेन्द्रराज चेमजोङ्ले गर्नुभएकाे थियाे।

कृति भित्र सामाजिक विकृति , विसंगति एवम् नेपालको ग्रामीण परिवेश र सामाजिक वस्तुस्थिति झल्काउने ३२ वटा कविता र ६९ वटा गित समावेश गरिएका छन्र ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय