गण्डकी प्रदेशका नगरपालिकाको टुंगो अन्तिम चरणमा

२०७९ बैशाख ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, ११ बैशाख । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेश भित्रका नगरपालिकाको मेयर उपमेयरको टुंगो अन्तिम चरणमा पुगेको जनाएको छ ।

टिकट वितरण गर्न हिजो देखि पोखराको कुटि रिसोर्टमा बसेको बैठकले आजै निर्णय सार्वजनिक गर्ने नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोलाले हेर्ने कुरा अनलाइनलाई जानकारी दिनुभयो । नगरपालिकाको टिकट वितरणको लागि निरन्तर बैठक बसेको र अबको केही समयमा सबै टुङ्गो लाग्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय