चापाकोटमा नेपाली काँग्रेस घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

२०७९ बैशाख १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 10 मिनेट

स्याङ्जा, १७ वैशाख । नेपाली काँग्रेस चापाकोटले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच नेपाली काँग्रेस चापाकोट नगर उपसभापति सुन्दर भण्डारीको संयोजकत्वमा गठन भएको समितिले तयार पारेको घोषणापत्र सार्वजनिक भएको हो ।

घोषणपत्रमा व्यावसायिकता र आधुनिकतासहितको कृषि क्षेत्र, पर्यटन प्रवर्धन, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, सीमान्तकृत, लोपोन्मुख एव अल्पसङ्ख्यक समुदायका क्षेत्रमा गरिने कार्य, घरदैलोमा स्वास्थ्य सेवा, शिक्षामा सबैको सहज पहुँच, योजनासहित सबैमा रोजगार, सुरक्षित पिउने पानीको व्यवस्था, सडक सञ्जाल, ढल निकास र यातायात व्यवस्था, उद्योग व्यवसाय मैत्री चापाकोट, सिँचाइ, सुकुम्बासीलाई घर जग्गा, बिजुलीको उज्यालोमा हाम्रो नगर, प्रविधिको विस्तार, सांस्कृतिक विविधतामा नगरवासीको एकता, खेलकुदको विकासमा हाम्रो प्रतिवद्धता, भ(उपयोग नीति, पालिकाहरु सँगको सम्बन्ध विस्तार, नगर प्रशासनमा सुशासन र पारदर्शिता, हरियाली मेरो नगर, स्रोत पहिचान तथा परिचालन लगायतको विषयलाई समेटेर १७ पेज लामो घोषणापत्रमार्फत काँग्रेसले समुन्नत चापाकोटको प्रष्ट मार्गचित्र प्रस्तुत गरेको चापाकोट काँग्रेसले बताएको छ ।

९पूर्णपाठ०

आदरणीय दिदीबहिनी—दाजुभाइहरू,
आगामी वैशाख ३० गते स्थानीय तहको महत्वपूर्ण निर्वाचन हुँदैछ । यस निर्वाचनमा मत खसालेर हामीले जनताको घरदैलोमा बसेर काम गर्ने ‘स्थानीय सरकार’ बनाउनेछौँ । स्थानीय सरकार हाम्रो सुख–दुःख र गाउँ–नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुनेछ ।

यस्तो महत्वको निर्वाचनमा ठूलो संख्यामा उपस्थित भई मतदान गर्न सम्पूर्ण नगरवासीलाई आह्वान गर्दै नेपाली काँग्रेस जय नेपालको अभिवादन व्यक्त गर्दछौँ ।

सात दशक लामो नेपालको कठिन लोकतान्त्रिक संघर्ष यात्रामा देशका थुप्रै होनहार सन्ततिले हिमाल, पहाड, तराई–मधेश सर्वत्र गौरवपूर्ण सहादत प्राप्त गरेका छन् । नेपाली काँग्रेस पार्टीका थुप्रै नेता र कर्मठ साथीहरूको जीवन यो लामो लोकतान्त्रिक आन्दोलनको यज्ञमा बलिदान भएका छन् ।

लोकतन्त्रको संघर्ष–यात्रामा हजारौँ योद्धाहरुको घर–परिवार भत्किएको छ, अनि थुप्रै साथीहरूले जेल, नेल र निर्वासनको पीडा भोग्नुपरेको छ । माओवादी द्वन्द्वको ११ वर्षमा लोकतान्त्रिक आस्थामा अविचलित रहेका साथीहरुले भोग्नुभएको पीडा र जीवनको वलिदान हाम्रो सम्झनामा ताजै छ । यस घडीमा नेपाली काँग्रेस संघर्षको यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देशका सम्पूर्ण सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपाली काँग्रेस पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनलाई चुनौतीपूर्ण घडीमा नेतृत्व गर्ने जननायक विश्वेश्वरप्रसाद कोइराला, त्याग र विद्वत्ताका प्रतिमूर्ति सुवर्ण शम्शेर, जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, शान्ति प्रक्रिया एवं संघीय समावेशी गणतन्त्र नेपालका नायक गिरिजाप्रसाद कोइराला, नयाँ संविधान निर्माणका प्रमुख अभियन्ता सुशील कोइराला लगायत पार्टी नेतृत्व र साथीहरुको विशाल पंक्तिको योगदानलाई नेपाली काँग्रेस सगर्व स्मरण गर्दछ ।

अब पुन हुन लागेको निर्वाचनमा यस अगाडि पुरा नभएका आयोजनाहरू पुरा गर्ने, नीति नियम जनताको हितमा हुनेगरी सुधार गर्दै लान आवश्यक छ । हामी चापाकोट नगरपालिकाको विभिन्न पदमा निर्वाचित हुदै गर्दा निम्नानुसार कार्य गर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।

१. कृषि र पर्यटनः समृद्धिको आधार
(क) व्यावसायिकता र आधुनिकतासहितको कृषि क्षेत्र
१. कृषियोग्य जमिनको खण्डीकरणलाई रोक्दै निजी, समूहगत तथा सहकारी मार्फत गरिने चक्लाबन्दी खेतीलाई प्रोत्साहन र अनुदानको नीति लिइने छ ।
२. व्यावसायिक कृषि तथा पशुपालनमा यान्त्रिकीकरणका लागि अनुदानको व्यवस्था गरिने छ ।
३.प्रत्येक वडामा जनशक्ति र पूर्वाधार सहितको पशु एव् कृषि परामर्श केन्द्र स्थापना गरिने छ ।
४. सिँचाइ, मलखाद र बिउबिजनमा सहजीकरण र तोकिएअनुसार अनुदान उपलब्ध गराइने छ ।
५.कृषि उपजको सङ्कलन, स्तरीकरण, भण्डारण र बजारीकरण कार्यक्रमका आधारमा अनुदान उपलब्ध गराइने छ ।
६.सुविधा सम्पन्न कृषि बजार ९कृषि मन्डी० स्थापना र व्यवस्थित सञ्चालन गरिने छ ।
७. फलफूल तथा तरकारीको भण्डारणका लागि नगरस्तरीय चिस्यान केन्द्र ९कोल्ड स्टोर० स्थापना गरिने छ भने बेमौसमी अग्र्यानिक तरकारी खेतीलाई उत्पादनमा अनुदान दिई प्रोत्साहन गरिने छ ।
८. भेटेरेनरी सेवालाई प्रभावकारी बनाइने ।
९.पशु बिमा कार्यक्रम अगाडि बढाइने छ ।

(ख) पर्यटन प्रवर्धन
१. पालिका क्षेत्रभित्र रहेका सम्भाव्य पर्यटन गन्तव्यहरूको पहिचानसहित एकिकृत पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रबद्र्धन योजना तयार पारि कार्यान्वयन गरिने छ ।
२. जातीय सांस्कृतिक पहिचानमा आधारित जीवन्त सङ्ग्रहालय स्थापना गरी विशेष प्रकारका जातीय पहिचानसहितका बस्तीहरू ९रामडाँडा, घुरपाल, सामाकोट, इनासकोट र माझी ० छनोट गरी होमस्टेको अवधारणासहित नमुना पर्यटन बस्तीको रूपमा विकास गरिने छ ।
३.प्राकृतिक रुपमै संचालन गर्न सकिने चिडियाखानाको सम्भाव्यता अध्ययन गरिनेछ ।
४. चापाकोट नगरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यका साथ तीनवटा जलाशयलाई बहुउद्देश्यीय आयोजना बनाई डिपिआर लगायतको प्रक्रिया अगाडि बढाउने छ ।
५. ट्रेकिङ रुटको सम्भाव्यता अध्ययन गरिने छ ।
६. धनौसा पार्क, सितलपार्क, उत्तरगंगा, रामडाडामा व्यवस्थित बाल उद्यान निर्माण कार्यलाई अगाडि बनाइने छ ।
७. कालीगण्डकीलाई धार्मिक पर्यटनको रुपमा विकाश गर्न केलादीघाट, रामघाट, खोरियाघाट, मणिमुकुन्देश्वर (उत्तरगंगा) आँधीघाट शिवालय (भक्तेश्वर महादेव), शीला जस्ता धार्मिक महत्वको स्थानलाई प्रचार प्रसार गराउने छ ।
८. छित्ते गुफा, बासु गुफा र चमेरो गुफाको व्यवस्थित रुपमा संरक्षण र प्रवद्र्धन गरिने छ ।
९. चापाकोट वडा नं ६ देखि १० सम्मको सिधाबाटोमा गुल्मर रोपी सुन्दर रोड बनाइने छ ।
१०. पर्यटन स्थलहरुको प्रचार प्रसार एवं प्रबद्र्धनका गर्न संचार माध्यमहरुको उपयोग गरिने छ ।
११. कालीगण्डकीमा जलाशय बनाई जलयात्रा गर्न सम्भाव्यता अध्ययन गरिने छ ।
१२. दामाचौरदेखि रामडाँडा, चापाकोटदेखि गैह्रौसुरमा केवलकार सञ्चालन गर्नको लागि सम्भाव्यता अध्ययन गरिने छ ।

२। भौतिक पूर्वाधार
१। प्रत्येक वडा कार्यालयका लागि आवश्यकता अनुसारको जग्गा व्यवस्थापन गरी भवन र भौतिक संरचना निर्माण गरिने छ । भौतिक संरचना निर्माण गर्दा अपाङ्मैत्री बनाइने छ ।
२. वारुण यत्र ९दमकल०, एम्बुलेन्स सेवा र शव वाहन सेवाको पहुँच विस्तार गरिने छ ।
३. प्रत्येक वडामा सामुदायिक भवन निर्माण गरिने छ ।
४. आधुनिक प्रविधियुक्त नगरस्तरीय बहुउद्देश्यीय फोहोर मैला प्रशोधन एवं व्यवस्थापन केन्द्र स्थापना गरिने छ ।
३.सामाजिक सुरक्षा

(क) जेष्ठ नागरिक, महिला, असहाय तथा अपाङ्गताको क्षेत्रमा गरिने कार्य
१. समाजका जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक सामूहिक आवास योजना सञ्चालन गरिने छ । २. हाल उपलब्ध गराइँदै आएको अपाङ्ग र एकल महिला भत्तालाई सहज ढङ्गले वितरण र संभव भएसम्म सम्मानजनक वृद्धि गरिने छ ।
३. नगर क्षेत्रभित्रका अनाथ एव् असहाय बालबालिका र मानसिक सन्तुलन गुमाएका असहायहरूको संरक्षणका लागि उचित व्यवस्था गरिने छ ।

(ख) सीमान्तकृत, लोपोन्मुख एव अल्पसङ्ख्यक समुदायका क्षेत्रमा गरिने कार्य
१. सीमान्तकृत, अल्पसङ्ख्यक र लोपोन्मुख जातिलाई दिइने भत्ताका अतिरिक्त श्रमको अवसर सिर्जना गरी सहभागिताका आधारमा थप रकम दिइने छ ।
२. सिमान्तकृत, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायका नगरबासीलाई निःशुल्क परिवार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने छ ।

(ग) सामाजिक उत्तरदायित्व, विपद व्यवस्थापन र राहत व्यवस्था
१. आगलागी, बाढीपहिरो जस्ता प्रकोपबाट पीडितहरूका लागि राहत कोषको व्यवस्था गरिने छ ।
२. पत्रकार राहत एवं उपचार कोष स्थापना गरिने छ ।
३. घरदैलोमा स्वास्थ्य सेवा

(क) आधारभूत स्वास्थ्य सेवा कार्यक्रम
१. दक्ष जनशक्ति र स्वास्थ्य स्वयमसेविका परिचालन मार्फत प्रत्येक नागरिकका घरमा नियमित आधारभूत स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा कार्यक्रम पु¥याइने छ ।
२. वार्षिक रूपमा सम्पूर्ण नागरिकहरूको न्यूनतम एक पटक अनिवार्य आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम निःशुल्क सञ्चालन गरिने छ ।
३. परिवार नियोजनसँग सम्बन्धित सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने छ ।

(९ख) भौतिक पूर्वाधारसहितको स्वास्थ्य सेवा
१. भौतिक पूर्वाधारसहितको आधारभूत स्वास्थ्य सेवा केन्द्र व्यवस्थित गरी गुणस्तरीय सेवा प्रदान गर्ने ।
२. सरोकारवालासँगको सहकार्यमा चापाकोट अस्पताललाई कम्तीमा ५० शैयासहितको सिटी अस्पतालको विकास गर्न सम्बन्धी निकायमा पहल गरिने छ ।
३. नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा ब्लड बैंक स्थापना गरिने छ ।
४. नगरका सघन जनघनत्व भएका ठाउँमा निजी क्षेत्रसँग सहकार्य गरी आवश्यकता अनुसार सार्वजनिक शौचालय वा घुम्ती शौचालय व्यवस्थापन गरिने छ ।
५.नगरभित्र रहेको क्याम्पस एवं विद्यालयहरूमा अनिवार्य छात्रामैत्री शौचालयको व्यवस्था गराइने छ ।
६. वडा नं ४ आयुर्वेदिक अस्पताल स्थापना गर्नेका लागि पहल गरिने छ ।
७. राजमार्ग ट्रमा सेन्टर स्थापना गर्न पहल गरिने छ ।
८.सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी भएपश्चात निशुल्क एम्बुलेन्स सेवामार्फत घर पुर्याउने व्यवस्था मिलाइने छ ।

(ग) रोग लाग्नुपूर्वको सचेतना र स्वास्थ्य सुधार कार्यक्रम
१. खाद्य पदार्थमा मिसावट एव् अखाद्य वस्तु बेचबिखनको अनुगमनलाई व्यवस्थित छ ।
२. मापदण्डविपरीतका प्लास्टिक झोलाको प्रयोगमाथि प्रतिबन्ध लगाई उचित विकल्प दिइने छ ।
३. आवश्यकता अनुसारका आधुनिक बधशाला निर्माण गरी मासुजन्य पदार्थको सुरक्षित बिक्री वितरणको व्यवस्था मिलाइने छ ।

(घ) स्वास्थ्यमा अनुदान र राहत कार्यक्रम
१। नगरपालिका भित्रका अति विभिन्न परिवारको पहिचान गरी निशुल्क स्वास्थ्य बीमा गरिने छ ।
२। नगरबासीलाई तोकिए अनुसारका गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा स्वाथ्योपचार खर्चमा निति बनाई सहभागिता जनाइने छ ।
३। पालिकाले दीर्घ रोग जस्तै क्यान्सर, मुटु, मृगौला, प्यारालाईसिस आदि भएका नागरिकहरूको अभिलेख संकलन गरी पालिका तहको अस्पताल तथा वडा तहका स्वास्थ्य चौकीहरुमार्फत नियमित स्वास्थ्य जाँच तथा उपचारको सुनिश्चितता गर्नेछ ।

५ शिक्षामा सबैको सहज पहुँच
(क) निःशुल्क शिक्षा र गरिब तथा जेहेन्दार छात्रवृत्ति
१. नगरमा स्थायी बसोबास गरिने नागरिकहरूका बिचमा कक्षा १२ सम्म ९माध्यमिक० को शिक्षा पूर्ण निःशुल्क गरिने छ ।
२. एमफिल एव् विद्यावारिधि गर्न चाहने जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिने छ ।
३. विपन्न समुदायका दलित, आदिवासी र जनजाति समुदायको तर्फबाट स्नातकोत्तर तह अध्ययन गर्ने छात्राहरूका लागि छात्रवृत्ति प्रदान गरिने छ ।

(ग) शैक्षिक संस्थाहरूको स्तरोन्नति र व्यवस्थापन
१. चापाकोट क्याम्पसलाई बहुविषयसहितको स्नातकोत्तर क्याम्पसका रूपमा विकास गरिने छ ।
२. प्रस्तावित कृषि क्याम्पसलाई छिटोभन्दा छिटो स्थापना गरी पढाइ सञ्चालन गर्न प्राथमिकताका साथ सम्बन्धी ठाउँमा पहल गरिने छ ।
३. किसान बहुप्राविधिक शिक्षालयलाई देशकै नमूना शिक्षालय बनाउन पहल गरिने छ ।
४. वन विज्ञान शिक्षालय स्थापना गर्नका लागि वन मन्त्रालयसँग समन्वय गरी अगाडि बढाइने छ ।
५. संस्थागत विद्यालयमा शिक्षण गर्ने शिक्षकको सीप र क्षमता अभिवृद्धि गर्न तालिम तथा प्रशिक्षणमा समान सहभागिता सुनिश्चित गरिनुको साथै पालिकास्तरमा राम्रो नतिजा प्रदान गर्ने विद्यालय र विषय शिक्षकलाई नगदसहित सम्मान गरिने छ ।
६. विद्यालयको भौतिक सुधार, विद्यार्थीको संख्याका आधारमा शिक्षकहरुको व्यवस्थापन गरिने छ ।
७. स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय शिक्षाविद् र पर्यवरणविद्को सहयोग लिइनेछ ।
८. संस्थागत विद्यालयको नियमन, सुपरीवेक्षण तथा अनुगमनका गरिने छ ।

(घ)कला, साहित्य र साक्षरता कार्यक्रम
१. नगर क्षेत्रभित्रका स्थापित स्रष्टा एव सर्जकहरूको सम्मान साथै नवोदित साहित्यिक प्रतिभा एवं कलाकर्मीहरूको प्रोत्साहनका लागि साहित्यिक एवं सास्कृतिक प्रतिष्ठान गठन गरिने छ ।
२ स्थानीय लेखक, कलाकारलाई पर्यावरण संरक्षणमा सिर्जनात्मक कार्य गर्न प्रोत्साहित गरिने छ ।
३। पुस्तकालयको स्थापना र त्यसको व्यवस्थित रूपमा सञ्चालन गरिने छ ।

६। योजनासहित सबैमा रोजगार
१। स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगलाई प्राथमिकतासहित प्रवर्धन गरिने छ ।
२। सीपमूलक एव् प्राविधिक तालिमसहित दक्ष जनशक्ति उत्पादनमा जोड दिइने छ ।
३। वडाभित्रका सम्पूर्ण सङ्गठित तथा असङ्गठित मजदुरहरूका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरिने छ ।
४। उत्पादनमा जोड दिने सहकारीलाई एकमुष्ट अनुदान प्र्रदान गरिने छ ।

७। सुरक्षित पिउने पानीको व्यवस्था
१।नगरभित्रका सम्पूर्ण नागरिकलाई प्रशोधित पिउने पानीको व्यवस्था सुलभ तरिकाले वितरण गरिने छ ।
२। हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूको क्षमता विस्तार गरी पानीको पहुँच नपुगेका क्षेत्रका घर घरमा सुरक्षित पिउने पानी पु¥याइने छ भने एक घर एक धारालाई व्यवस्थित गरिनेछ ।
३। प्रत्येक सामुदायिक विद्यालय, सार्वजानिक भवन, बसपार्क लगायतका सार्वजानिक सरोकारका क्षेत्रमा अनिवार्य स्वच्छ पिउने पानी व्यवस्था गरिने छ ।
४। छारिएर रहेका खानेपानी आयोजनालाई एकीकृत गरी एकद्धार प्रणालीबाट वितरण गर्ने छ ।

८। सडक सञ्जाल, ढल निकास र यातायात व्यवस्था
१। नगरस्तरीय सडक निर्माणका लागि सडक सञ्जाल गुरुयोजना तयार पारिने छ ।
२। नगरभित्रका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रेले जोडिने छ ।
३। बाहिरी चक्रपथ विस्तार तथा स्तरोन्नति गरी सडक निर्माण गरिने छ ।
४। चापाकोट बसपार्कलाई व्यवस्थित बनाई निजी क्षेत्रसँगको सहकार्यमा नगरस्तरीय बस सेवा सञ्चालन गरिने छ ।
५। नगर क्षेत्रका सम्पूर्ण सहायक मार्गलाई मापदण्डअनुसार स्तरउन्नति गरिने छ ।
६। व्यवस्थित ढल निर्माण र निकासको व्यवस्था गरिने छ ।
७।कालीगण्डकीमा निर्माधीन पक्की पुल छिट्टो सम्पन्न गर्न सम्बन्धी पक्षसँग सहजीकरण गर्ने र आवश्यक ठाउँमा निर्माणका लागि आवश्यक पहल गरिने छ ।
८। रामपुर चापाकोट नगरपालिकालाई जोडने रिङरेड बनाइने छ ।
९। सडक निर्माण गर्दा पूर्वअध्ययन गरी वातावरणीय पक्षबाट विस्तृत योजना तय गरिने छ ।
१०।मचेडाँडा हवाई मैदानको सम्भव्यता अध्यायनका लागि सम्बन्धी ठाउँमा आवश्यक पहल गरिने छ ।
११। जगतभन्ज्याङ – केवरे – बारीकुना – किसान – दामाचौर – साँखर – भिमाद जोड्ने राजमार्ग, गल्याङ – चापाकोट सडक, वालिङ – कापलडाँडा – ठाँटी – पैदी हुँदै चापाकोट आउने सडक, जगत – मल्याङ्कोट सडक, दामाचौर – हरिनास – भिमाद सडक, मिर्दी – भिमाद सडक, लगदा – घुलीचौर – लामडाँडा – दार्सिङ – खानी गाउँ सडक, दामाचौर – बग्रती – खासा बरडाँडा – गोडु भन्ज्याङ – सामाकोट – तनहुँ बडर भन्ज्याङ सडक, रोग्दी – चौधेरा – पोखरी छाप – मैदान – तेयाउनास – चापाकोट आउने सडक र ज्याग्दी करिडोर निर्माण गर्न प्रदेश र संघ सरकारमा आवश्यक पहल गरिने छ ।
१२। सुरक्षाका लागि नगरपालिकाको मुख्य बजार क्षेत्रमा सिसिटिभी जडान गर्न पहल गरिने छ ।
१३। नगरको बजार क्षेत्रमा सौर्य बत्ती जडान गरी नगरलाई उज्यालो बनाइनेछ ।

९।उद्योग व्यवसाय मैत्री चापाकोट
१। चापाकोट औद्योगिक ग्रामको विस्तृत इन्जिनियरिङ गर्ने काम सकिएको हुँदा यसलाई प्रदेश र संघ सरकारसँग समन्वय गरी अगाडि बढाइने छ ।
२। रोजगारी सिर्जना गर्ने संख्याका आधारमा निश्चित वर्षसम्म उद्योग व्यवसायमा कर छुट गरिने छ ।
३। औद्योगिक एवं व्यावसायिक प्रतिष्ठाको सुरक्षाको प्रत्याभूति दिइने छ ।
४। साना तथा मझौला उद्योगको सम्भाव्यता अध्ययन गरी निजी लगानी कर्तालाई प्रोत्साहन गरी स्वरोजगार तथा रोजगारीको व्यवस्था गरिने छ ।
५। करको दरलाई उद्योग मैत्री बनाउदै करको दायरालाई फराकिलो बनाइने छ ।
६। वडा १, २ को माथिल्लो भाग, ३, ४, ५ र ६ को केही भागबाट बसाईं सराइ दर धेरै देखिएको छ, सो न्यूनीकरण गर्न अध्ययन गरी दर घटाउन सेवा सुविधा विस्तार गरिने छ ।
७। स्रोत साधनको समानुपातिक वितरण गरिने छ ।

१०। सिँचाइ र नदी नियन्त्रण
१। नगर क्षेत्रको सम्पूर्ण खेतीयोग्य जमिनमा नहर÷पैनी सिँचाइ, कुला लगायतका वैकल्पिक सुविधा मार्फत सिँचाइ सुविधा उपलब्ध गराउने साथै विद्यमान नहरहरूको संरक्षण र स्तरोन्नति गरिने छ ।
२। ज्याग्दी नहरको स्तर उन्नतिसहित बाह्रै महिना सिँचाइको व्यवस्था गरिने छ ।
३। सम्भाव्यता अध्यायन भएको जलाशयलाई प्रमुख प्राथमिकताका साथ बहुउद्देश्यीय परियोजना बनाइ डिपिआर लगायतको कामहरु अगाडि बढाइने छ ।
४। सम्भाव्यता अध्ययन भएको ज्याग्दी खोला जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाइने छ भने भुङदी खोलाको सम्भाव्यता अध्ययन गरिने छ ।
५। सिचाई नभएको क्षेत्रलाई सिन्चित गर्न ९खानी खोला, केलादी खोला, मैदी खोला, पाकरी खोला, केलादी खोला, बटाङ खोला, छित्तेखोला, बुङ्दीखोला, रोग्दी खोला० अध्ययन गरी योजनाहरु अगाडि बढाइने छ ।

११। सुकुम्बासीलाई घर जग्गा
१। आफ्नो निजी स्वामित्वको घर जग्गा नभएका र आर्थिक रूपमा विपन्न परिवारको पहिचान गरी मापदण्डका आधारमा आवास निर्माण गरी बसोबास गराइने छ ।
२। वैज्ञानिक मापदण्ड एवं तथ्यगत आधारमा वास्तविक सुकुम्बासी पहिचान गरी सुकुम्वासी समस्याको समाधान गरिने छ ।
१२। बिजुलीको उज्यालोमा हाम्रो नगर
१। नगर अन्तर्गतका मुख्य सडक र सहायक सडकमा विद्युत विस्तार गरिने छ ।
२। भोल्टेज कम भएका क्षेत्रमा भोल्टेज सुधारका लागि ट्रान्सफर्मरको व्यवस्था गरिने छ ।
३। नगरका मुख्य सडक तथा बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गरिने छ ।

१३। प्रविधिको विस्तार
१। नगरबासीको घर घरमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सुविधाको पहुँच विस्तारका लागि सहजीकरण गरिने छ ।
२। प्रत्येक नागरिकको व्यक्तिगत अभिलेख डिजिटल प्रविधिमार्फत अद्यावधिक गरिने छ ।
३। प्रत्येक वडा कार्यालय लगायतको क्षेत्रमा न्यूनतम एक एक स्थानमा निःशुल्क वाइफाइ जोन स्थापना गर्दै क्रमशः नगर क्षेत्रभरि विस्तार गराइने छ ।
४। सुरक्षाका लागि नगरपालिकाको मुख्य बजार क्षेत्रमा सिसिटिभी जडान गर्न पहल गरिने छ ।

१४। सांस्कृतिक विविधतामा नगरवासीको एकता
१। सांस्कृतिक एवं धार्मिक आस्थाका केन्द्रहरूको संरक्षण, संवद्र्धन र स्तर उन्नति गरिने छ ।
२। नेवार, मगर, सुनुवार, कुमाल, भुजेल, माझी, गुरुङलगायतका जनजातिहरूको सांस्कृतिक पहिचानको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
३। आगामी पाँच वर्षभित्रमा पालिका क्षेत्र भित्र रहेका सम्पूर्ण ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको जिर्णाद्धार गरि संरक्षण गरिनेछ ।
४। जातीय संस्कारमा आधारित दाह संस्कार क्षेत्र तथा समाधिस्थलहरूको व्यवस्थापन गरिने छ ।

१५० खेलकुदको विकासमा हाम्रो प्रतिवद्धता
१। बहुउद्देश्यीय कवर्ड हलसहित नगरस्तरीय रङगशाला निर्माण गरिने छ ।
२। प्रत्येक विद्यालयमा खेलकुदका गतिविधिलाई अनिवार्य गराइने छ ।
३। फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, सितेरियो कराते लगायतका विधालाई समेटेर नगरस्तरीय खेलकुद एकाडेमी सञ्चालन गरिने छ ।
४। नगरपालिकाबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको औपचारिक प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई उचित सम्मानको व्यवस्था गरिने छ ।

१६. भू(उपयोग नीति
१. कृषियोग्य जमिन पहिचान गरी कृषि उपजको प्रकृतिका आधारमा कृषि उपज पकेट क्षेत्र निर्धारण गरिने छ ।
२.उत्पादन योग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ ।
३. जमिनको विशेषता र उपयोगिताका आधारमा कृषि योग्य, बसोवास योग्य, सहरीकरण योग्य, औद्योगिक क्षेत्र योग्य, वन संरक्षण योग्य जस्ता विभिन्न भागमा जमिनलाई वर्गीकरण गरी सोही अनुरूप जग्गा विकास गुरुयोजना बनाई लागु गरिने छ ।
४. कृषियोग्य जमिनको अव्यवस्थित प्लटिङलाई नियन्त्रण गर्दै मापदण्डबमोजिम बाटो, नाला, पानी, बिजुली, सार्वजनिक स्थलको व्यवस्थासहित जग्गा विकास योजनालाई प्राथमिकता दिइने छ ।

१७.पालिकाहरु सँगको सम्बन्ध विस्तार
१ .भौतिक पूर्वाधारसहित नगरको समग्र विकासका लागि विभिन्न देश तथा विदेशका नगरपालिकाहरूसँग भगिनी सम्बन्ध स्थापना र विस्तारलाई प्राथमिकता दिइने छ ।

२. छिमेकी पालिकासँग एकीकृत योजना निर्माणमा प्राथमिकता दिइने छ ।

१८. नगर प्रशासनमा सुशासन र पारदर्शिता
१. सम्पूर्ण आर्थिक कारोबार र सामाजिक क्रियाकलापको जनतामा नियमित जानकारी गराउने व्यवस्था मिलाइने छ ।
२.नगरपालिका भित्र विभिन्न सेवा क्षेत्रमा रहनुभएका विज्ञहरुको समुह गठन गरी सुशासन र पारदर्शी जनप्रशासन बारे सल्लाह सुझाव लिइ कार्यान्वयन गरिने छ ।
३। नगरपालिका नेशनल बोल्डिङ कोर लागु गरिने छ ।

१९। हरियाली मेरो नगर
१. राजमार्ग, मुख्य सडक, सहायक सडकको दुवैतर्फ र सार्वजनिक जग्गामा सरोकारवाला निकायसँग समन्वय गरी वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने छ ।
२. गृहमन्त्रालय अन्तर्गतका विपद् व्यवस्थापन प्राधिकरण कार्यालयसँग समन्वय गरी विपद् व्यवस्थापन सम्बन्धी कार्य अगाडि बढाइने छ

३. व्यक्तिसँग भएको जग्गाको क्षेत्रफलको अनुपातमा अनिवार्य वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने छ ।
४. नगरपालिकाको स्वामित्वमा रहेका क्षेत्र र जग्गाहरूमा समेत अनुपात निर्धारण गरी वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने छ ।

२०.स्रोत पहिचान तथा परिचालन
१.करको दरलाई उद्योगमैत्री बनाई दायरालाई फराकिलो बनाइने छ ।
२.प्राकृतिक स्रोतको दीगो परिचालनबाट आउने स्रोत ९वन, ढुङ्गा, गिट्टी तथा बालुवा, अध्ययनपछि फलाम र तामा खानी० विभिन्न खानीको खोजि गरिने छ ।
३. प्रदेश सरकार तथा संघीय सरकारबाट आउने स्रोतको उचित व्यवस्थापन गरिने छ ।
४. ध्यचमि द्यबलप, ब्म्द्य, व्क्ष्ऋब् जस्ता अन्तराष्ट्रिय संघ सस्थासँग समन्वय गरी स्रोतको खोजि गरिने छ ।
५. नगरपालिकाको आर्थिक विकास गर्नको लागि लगानी सम्मेलन गरिने छ ।
६.नगरपालिकाको विकासलाई पिपिपि मोडलमा अगाडि बढाउने ।

अन्त्यमा,
हाम्रो पार्टी नेपाली काँग्रेसको तर्फबाट चापाकोट वडाको समृद्धि र योजनावद्ध विकासका लागि अगाडि सारिएका मार्गचित्र र कार्यव्रmम एव् योजनाहरू कोरा कल्पना र आश्वासन मात्र नभई सम्वद्ध क्षेत्रका विशेषज्ञहरूसँग गरिएको गहन छलफल एव् अधिकार सम्पन्न स्थानीय तहको स्रोत परिचालनको अनुमानित आँकडालाई सूक्ष्म विश्लेषण गरेर तयार गरिएको हुँदा काँग्रेसको नेतृत्वमा उपरोक्त मार्गचित्र र सोसँग सम्बन्धित योजनाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रण गर्दछौँ ।

अतः नेपाली काँग्रेसले चापाकोटनगरलाई समृद्ध बनाउन सङ्कल्प गरेको मार्गचित्रलाई अध्ययन गरेर आफ्नो विवेकको मत काँग्रेसको रुख चिन्हमा छाप लगाई  पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण नगरबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय