६० वर्षमाथिका सबै नागरिकलाई पेन्सनको व्यवस्था गर्नुपर्छ : नेता खतिवडा

२०७९ बैशाख १९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ बैशाख ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डम्बर खतिवडाले ६० वर्षमाथिका सबै नागरिकलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । हाल अवकाशप्राप्त सरकारी कर्मचारीलाई मात्र पेन्सनको व्यवस्था रहेको बताउँदै अब सबै नागरिकलाई पेन्सन दिने व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।

१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार जसपा नेपाल मजदुर विशेष जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिक वर्गका सन्तानलाई उचित शिक्षा र स्वास्थ्यमा समेत राज्यले सहुलियत गर्नुपर्ने बताए ।

उनले भने, ‘६० वर्षमाथिका सबै नागरिकका लागि पेन्सन कार्यक्रम ल्याउनुपर्छ । मजदुर वर्गका सन्तानको उचित शिक्षा र स्वास्थ्य सुविधाको ग्यारेन्टी राज्यले गर्नुपर्छ ।’

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक समेत मजदुरले पाउन नसेकेको बताउँदै यसका लागि संघर्ष जारी राख्नुपर्ने समेत नेता खतिवडाले बताए । लामो समय नेपालका कम्युनिष्ट पार्टीहरू सत्ताको वरिपरि रहँदा पनि मजदुरका समस्या समाधान हुने गरी उल्लेख्य काम गर्न नसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी निकट ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले मजदुर आन्दोलनले राजनीतिलाई महत्त्वपूर्ण दिशा निर्देश गर्दै आएका बताए । मजदुर आन्दोलनमा केही विकृति देखिनु सामान्य रहेको बताउँदै यसलाई सच्याएर सक्षम नेतृत्व निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय