युवा र महिलालाई स्वरोजगार बनाउने यस्ता छन् रामेश्वर श्रेष्ठका प्रतिबद्धता

२०७९ बैशाख २३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ बैशाख । 

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको उपमेयरमा नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । बौद्धिक र शालीन नेताका रूपमा परिचित नेता श्रेष्ठ लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।

उपमेयर पदका उम्मेदवार श्रेष्ठले आफ्ना ३० बुँदे प्रतिबद्धता पत्र यसअघि नै सार्वजनिक गरिसकेका छन् ।  उपमेयर पदमा जितेपछि आफूले महानगरलाई समृद्ध र सुखी बनाउन नयाँ नयाँ योजना लागू गर्ने समेत उद्घोष गरेका छन् ।

जसमध्ये उनको युवा उद्यमी लक्षित प्रतिबद्धताले पछिल्लो पटक चर्चा पाइरहेको छ । उनले कुनै युवाले केही नयाँ सोचका साथ अघि बढ्न खोजे महानगरले साथ दिने संकल्पसहित खुला कार्यालय मोडेलको परिकल्पना गरेका छन् ।

उनले स्टार्ट अप कम्पनीहरूका लागि ‘निःशुल्क को-वर्किङ’ अफिस स्पेसुको निर्माण गरी अफिस नपाउने समस्या र महंगो भाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सो प्रयोजनका लागि भृकुटी मण्डपमा ठाउँ हेरेर परियोजना अघि बढाउन समेत तयारी भइरहेको बताए ।

उक्त योजनाअन्तर्गत महानगरले फ्री वाई फाई समेत उपलब्ध गराउने श्रेष्ठले बताए । यस्तै उनले गृहिणी होइन उद्यमी कार्यक्रम अन्तर्गत महिला समूह मिसापूःचहरुलाई घरायसी तथा लघु उद्योग शुरू गर्न बिना ब्याजको वित्तिय सहयोग, निःशुल्क रजिष्ट्रेशन करमा छुट र बजार प्रवर्द्धनमा सहयोग गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय