भीरकोट नगरपालिका प्रमुखमा काँग्रेसका कर्मचार्य विजयी

२०७९ जेष्ठ २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ जेठ । स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्मचार्य विजयी हुनुभएको छ ।  उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो ।

कर्मचार्यले  ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने  उहाँको प्रति द्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ ।

अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी अधिकारीले ४ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ ।

भीरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारहरु विजयी हुनुभएको छ ।

भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय