नीति तथा कार्यक्रमले नयाँ ऊर्जा दिएको छ : चौधरी

२०७९ जेष्ठ १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ १० जेठ । उद्योगी एवं सांसद विनोद चौधरीले नीति तथा कार्यक्रममार्फत मुलुकलाई औद्योगिकीकरणमा लैजाने प्रतिबद्धता व्यक्त भएको बताउनुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेस भएको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उहाँले नीति तथा कार्यक्रमले नयाँ ऊर्जा थपेको बताउनुभयो ।

“उद्योग व्यवसायको मात्र नभनौँ, समग्रमा धेरै अध्ययन गरेर, धेरै क्षेत्रका कुरा बटुलेर, थुप्रेर बसेको समस्या समाधान गर्ने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको छ”, चौधरीले भन्नुभयो ।

सरकारले ल्याएको नीति तथा कार्यक्र म र बजेट कार्यान्वनयका बारेमा जहिले पनि प्रश्न चिह्न लाग्दै आएको उल्लेख गर्दै उहाँले कार्यान्वयनको पाटोलाई दरिलो बनाउन आग्रह गर्नुभयो । “आशा गरौँ, नीति तथा कार्यक्रम राम्रोसँग कार्यान्वयन भएर जानेछ”, चौधरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय