सङ्घीय संसद्मा आगामी आवको बजेट पेश

२०७९ जेष्ठ १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ जेठ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेश भएको छ ।

आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिनुभएको थियो ।

अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । प्रतिनिधिसभाको बैठकले शनिबार सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय