झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मनः रबि लामिछाने

२०७९ असार ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,७ असार । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्नुहुन्छ भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उहाँले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाउनुभएको छ ।

‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उहाँले भन्नुभयो, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’

आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको लामिछानेले बताउनुभयो ।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उहाँले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार