गल्याङमा ८२ करोड ५६ लाख ४२ हजारको बजेट,बेरोजगारी युवाहरूलाई कृषि कार्यक्रमसम्म (सुचि सहित) 

२०७९ असार ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ११ असार । स्याङ्जाको गल्याङ नगरपालिकाले आ.व.२०७९/०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको ११ औँ नगरसभामा नगर उपप्रमुख हेमा न्यौपानेले आगामी वर्षको वजेट सार्वजानिक गर्नुभएको छ । नगरपालिकाको आ.व.२०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल ८२ करोड ५६ लाख ४२ हजार रुपैयाँको बजेट नगर उपप्रमुख न्यौपानेले नगरसभामा प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत बजेटको शिक्षा,स्वास्थ मा विशेष जोड दिइएको छ। शिक्षा तर्फ गरिब बिपन्न जेहेन्दार विद्यार्थी हरुलाइ पुण छात्रावृत्ति,शिक्षक हरुको क्षमता अभिबृदिको लागि माग मा आधारित तालिम पेसागत दक्षता,अभिभावक बिहिन अति बिपन्न बालबालिका हरुको लाई शैक्षिक सामग्रीको ब्यबस्था शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम, शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती, लगाएतका विभिन्न शिर्षक मा बजेट बिनियोजन गरिएको छ,स्वास्थ्य क्षेत्रमा नागरिक लाई स्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, योगा तथा प्राकृतिक अस्पताल निर्माण ,विभिन्न ठाउमा शहरि स्वास्थ इकाइ स्थापना,उपप्रमुख सङ आमा सुरक्षा कार्यक्रम ,पोसण युक्त खाना पुण खोपको सुनिश्चितता मा पहुँच विस्तार लगायतमा प्राथमिकता दिइएको छ ।

कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि पेसालाई बैज्ञानिक ढंगबाट ब्याबस्थापन गरि कृषिको ब्याबसायिकरण,बिबिधिकरण,यान्त्रिकरण,तथा बजारुकरण मा विशेष जोड दिइ कृषक समूह पहिचान तथा वर्गीकरण गरिने, भुमी बैक को स्थापना गरि बाझो रहेको खेतियोग्य जमिनलाइ लिजमा लिइ बेरोजगारी युवाहरूलाई कृषि कार्यक्रम लागू गर्ने, सुन्तला को भन्डारन को लागि कोल्ड रुम,को ब्यबस्थापन गर्ने लगाएतका शिर्षकमा बजेट विनियोजन गरिएको छ । पुबाधार बिकास मा उर्जा ,सडक,पुल भवन,शहरी बिकास ,ढल निकास को लागि प्राथमिकता दिइएको छ । खाने पानी को लागि एक घर एक धाराको निमाण गर्ने गरि ३ बर्ष भित्र प्रत्येक घरधुरिमा स्वच्छ पिउने पानी ब्यबस्था गरिने, त्यसै गरी पर्यटन, भाषा, संस्कृति संरक्षणका कार्यक्रमहरु, यूवा तथा खेलकुद क्षेत्रको विकास सूचना प्रबिधी ,बन बाताबरण तथा बिपत ब्यबस्थापन ,सस्थागत बिकास सेवाप्रबाह शुशासन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।

आ.व. २०७९ / ०८० को बजेटले स्वरोजगारमा विकास, उत्पादनको वृद्धि, पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ । सभा गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय