प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

२०७९ असार २२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २१ असार । प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठकको समय निर्धारण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार