प्रेस युनियनको सचिव पदमा विजय रेग्मीको उम्मेदवारी

२०७९ असार २५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २५ असार। यही साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा वर्तमान केन्द्रीय सदस्य विजय रेग्मीले खुल्ला सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

२०५८ सालमा दाङ बाट प्रकाशित राप्ती सन्देश पत्रिकाबाट आफ्नो पत्रकारिता सुरु गर्नुभएका रेग्मीले जिल्लामा स्वर्गद्वारी एफ एम, इन्द्रेणी एफ एम र स्थानीय टेलिभिजनमा काम गर्नुभएको थियो । २०६४ सालमा एंभिन्युज टेलिभिजनको नेपालगंज ब्युरो कार्यालयबाट काम गर्नुभएका रेग्मी २०६५ सालमा काठमाडौं स्थित केन्द्रिय कार्यालयमा आएर टेलिभिजन पत्रकारितामा जम्नुभएको थियो । खोजी पत्रकारिता लाई विशेष प्राथमिकता दिनुभएका रेग्मीले एभिन्युज टेलिभिजनमा झण्डै एक दशक काम गर्नुभएका थियो। त्यस पछि रेग्मी ए पी १ टेलिभिजन हुँदै हाल प्राइम टेलिभिजनको जिल्ला समाचार संयोजकको रूपमा काम गर्दै आउनुभएको छ ।

पोखरामा सम्पन्न आठौं महाधिवेशनमा लोकप्रिय मत प्राप्त गरी केन्द्रिय सदस्यमा विजयी हुनुभएका रेग्मीले प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा र श्रमको सम्मान, संस्थागत सुदृढी करण र ट्रेडयुनियन अधिकारको पक्षमा आवाज उठाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय