प्रेस युनियनको उपमहासचिवमा कुसुम बिक सेञ्चुरीको उम्मेदवारी घोषणा

२०७९ असार २५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं,२५ असार । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको युनियनको आगामी साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने महाधिवेशनका लागि लोकतान्त्रिक धारमा रहेका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने लहर पनि चलेको छ ।

यही सेरोफेरोमा नेपालबहस डटकमकी समाचार प्रमुख कुसुम बिक (सेञ्चुरी) ले समावेशी तर्फको उपमहासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कक्षा ८ पढ्दै गर्दादेखि रेडियो पत्रकारिताबाट आफ्नो क्यारिएर शुरु गर्नुभएकी कुसुमले १७ बर्ष भन्दा बढी समय पत्रकारितामा बिताइसक्नु भएको छ । उहाँले यसअघि फूलबारी एफएम, रासस, रेडियो अन्नपूर्ण, देशान्तर र नाइस टीभीमा समाचार वाचिकाको रुपमा कुशलतापूर्वक जिम्मेवारी निभाउनु भएको छ।

कुसुमले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताका लागि नेपाल प्रेस युनियनको उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताउनु भयो । उम्मेदवारी घोषणा गर्दै कुसुमले भन्नुुभयो– ‘लोकतान्त्रिक मूल्य मान्यताबाट विचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले उपमहासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’ उहाँले भन्नुुभयो – ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं महिला पत्रकारहरुको सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ ।

“गतिशील नेतृत्व, चलायमान संगठन, बिधि र पद्धतिसम्मत निर्णय, संस्थागत सुदृढीकरण, आवधिक अधिवेशन,तथा पत्रकारहरुको दक्षता अभिबृद्धि, पेशागत सूरक्षा, पत्रकार महिलाहरुको संरक्षण एवं ट्रेड यूनियन अधिकारका लागि” आफ्नो उम्मेदवारी रहेको कुसुम सेञ्चुरीले बताउनु भयो । नेपाल दलित संघ बर्दियाकी सचिव समेत रहेकी उनी क्रियाशील महिला पत्रकार बर्दियाको संस्थापक अध्यक्ष पनि हुन् । अन्य दर्जनौं सामाजिक संघसंस्थामा पनि आबद्ध उहाँले यसपटक उपमहासचिव जितेरै छाडेने अठोट व्यक्त गरेकी छन् । कुसुम बिक (सेञ्चुरी) उपम्हासचिव समावेशी महिला पदको उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउनु हुन सबैमा उहाँले बिनमतापूर्वक्र अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय