अर्जुनचौपारी गाँउपालिका, अगिल्लो बर्ष एक सय ९७ वटा योजना, १० वटा मात्र काम सम्पन्न

२०७९ असार ३१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

श्रीकृष्ण सिग्देल
स्याङ्जा ,३१ असार । अर्जुनचौपारी गाँउपालिकाले आर्थिक बर्ष २०७९÷०८० को खर्च बजेटलाई तिन—तिन महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले सो प्रतिवद्धता व्यक्त गर्नुभएकाे हाे  । गाँउपालिकामा भएको खर्च विवरण जान्ने अधिकारी पालिकावासीको हुन्छ अध्यक्ष तिवारीले भन्नुभयाे ”हरेक तिन—तिन महिनामा सामाजिक सञ्जाल मार्फत आयव्याय सार्वजनिक गछौं । खर्चमा मितव्यायतिता अपनाउदै पालिकाको आर्थिक समृद्धीमा हामी लाग्ने छौं ।”  जनताको सेवक जनप्रतिनिधि भएकोले जनताकै रायसुझावमा हरेक काम पालिकामा हुने विश्वास अध्यक्ष तिवारीले सार्वजनिक सुनुवाईमा जनाउनुभयाे ।

चौमासिक सार्वजनिक सुनुवाईमा जनताले राखेको जिज्ञासाको उत्तर दिदै पालिका अध्यक्ष तिवारीले भ्रष्टचार मुक्त र शुसासन सहितको पालिका बनाउन आफु लागेको बताउनुभयाे । जनताका माग धेरै छन् बजेट थोरै छ अध्यक्ष तिवारीले भन्नुभयाे ”सिमित साधन श्रोतको अधिकतम प्रयोग गरी विकासका गतिलाई अगाडी बढाउछौं ।” आवश्यकतालाई मध्यनजर गरेर पालिकाले विकासका योजना अगाडी सार्नेमा ढुक्क हुन सहभागीहरु सबैलाइ तिवारीकाे आग्रह थियो ।  निर्वाचन सकिएसगै बजेट बनाउने समयले गर्दा जनताको घरदैलोमा पुगेर आवश्यकता अनुसारको बजेट बनाउन नसके पनि तिवारीले वडाका जनप्रतिनिधी मार्फत आएका योजनालाई समेटिएको बताउनुभयाे । साना योजनालाई पालिकाले प्राथमिकतामा नराखे पनि परिणाम र गुणस्तरमा ध्यान दिने तिवारीले बताउनुभयाे ।

प्राबधिकले गलत मुल्याङकन गरेको ठहर लागेका अन्यन्त्रबाट प्राविधिक ल्याएर गुणस्तरको नापतौल हुने विश्वास दिलाउदै अध्यक्ष तिवारीले पालिका बनाउन सबैको साथसहयोग आवश्यक रहने बताउनुभयाे । हरेक नागरिककोमा पुग्ने गरी बजेट बिनियोजन भएको उहाकाे दाबि थियाे । असक्क्तलाई घर—घरमा पुगेर स्वास्थ्य सेवा दिने र पुराना जनप्रनिधीले गरेका कामलाई पनि निरन्तरता दिने तिवारीको भनाई थियो ।

कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्ले विकासमा रचनात्मक सुधार गर्दै अगाडी बढ्ने र पाचँ बर्षमा केहि गरेर देखाउने बताउनुभयाे । बजेट तर्जुमा, विकास निर्माणको अनुगमन, सानातिना झैझगडालाई मेलमिलापको नीति लिएर आफु अगाडी बढ्ने उपाध्यक्ष गुरुङको भनाई थियो । शिक्षा र स्वास्थ्यका कारण बसाई सराई बढेको बताउदै उपाध्यक्ष गुरुङले यसलाई रोक्ने प्रयास पालिकाले गर्ने विश्वास दिलाउनुभयाे । सुनुवाईमा प्रमुख प्रसासकिय अधिकृत उज्जल बहादुर बस्नेतले अगिल्लो बर्षमा एक सय ९७ वटा योजना रहेकोमा १० वटा मात्र काम सम्पन्न नभएको जानकारी दिनुभयाे । पालिकामा प्रगतिको हिसाबले ९५ प्रतिशत रहेको बस्नेतको भनाई थियो । २४ जनाले गुनासो गरेको सार्वजनिक सुनुवाईमा पाचँ बर्षमा नमुना पालिका बन्ने गरी काम गर्न जनप्रतिनिधीलाई सुझाव दिनुभएकाे थियाे । वडा र पालिकामा जनता आउदा शासक भन्दा सेव कबनेर सेवा प्रवाहमा लाग्न सेवाग्राहीले जनप्रतिनिधि, कर्मचारीले अनुरोध गरेका थिए । सार्वजनिक सुनुवाईको सहजिकरण रेडियो स्याङजाका प्रवन्धक एकबहादुर गोदार(रमेश) ले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार