ललितपुरमा युनियनको पार्षद भेला, युनियनको भूमिका अझै प्रभावकारी र शशक्त हुनुपर्नेमा जोड

२०७९ असार ३२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

ललितपुर, ३२ साउन । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनका सन्दर्भमा ट्रेड युनियन अधिकारका लागि प्रेस युनियनको भूमिका बिषयक अन्तरक्रिया सम्मान भएको छ । आज शनिवार नेपाल प्रेस युनियन ललितपुरले नवौं महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधि (पार्षद) हरुको भेला गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाको प्रमुख आतिथ्यतामा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले जिल्ला तहमा नेपाल प्रेस युनियनको भूमिका अझै प्रभावकारी र शशक्त हुनुपर्नेमा जोड दिनुभयाे । राणाले भन्नुभयाे “प्रेस युनियनमा आवद्ध पत्रकारहरुले नेपाली काँग्रेसका गतिविधिहरुलाई सञ्चारमाध्यममार्फत अझै जनतासमक्ष पुर्‍याउन भूमिका खेल्नुपर्ने छ। यसका साथसाथै नेपाल पत्रकार महासंघ ललितपुरमा समेत प्रेस युनियनमा आवद्ध साथीहरूको उपस्थिति बलियो हुनु आवश्यक छ ।” राणाले जिल्लामा रहेका प्रेस युनियनका पत्रकारहरुलाई आफूले सक्दो सहयोग गर्ने वताउनुभयाे । उहाँले ललितपुरका ग्रामीण र दुर्गम भेगका गतिविधि र समाचारहरुलाई पनि सञ्चार माध्यममा प्राथमिकताका साथ स्थापित गराउन पत्रकारहरुलाई आग्रह गर्नुभयाे ।

त्यस्तै विशिष्ठ अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपाल प्रेस युनियन नेपाली कांग्रेसको महत्त्वपूर्ण शुभेच्छुक संस्था भएको वताउँदै पार्टीले निरन्तर रुपमा समन्वय र सहकार्य गर्ने वताउनुभयाे । केन्द्रीय सदस्य बस्नेतले भन्नुभयाे “प्रेस युनियन राज्यको चौथो अंगका रुपमा स्थापित पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था हो । यस्तो महत्त्वपूर्ण संस्थालाई नेपाली कांग्रेसले सधै समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने छ।”

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले नेपाल प्रेस युनियनका गतिविधिहरुले नेपाली कांग्रेसलाई सकरात्मक सहयोग पुगेको र आगामी दिनहरुमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयाे । नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा प्रेस युनियनको रचनात्मक भूमिका रहेको वताउनुभयाे । उहाँले भन्नुभयाे, ” प्रेस युनियनका साथीहरुका सक्रियताले हामीलाई स्थानीय निर्वाचनमा सहज भयो। यो संस्था र यसमा आवद्ध साथीहरूले आगामी निर्वाचनमा समेत अझै प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । ” कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बशिष्ठ अधिकारी, सहसचिव तथा जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, वागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले नवौं महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले ट्रेड युनियन अधिकारका लागि साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनले दिशानिर्देश गर्ने वताउनुभयाे । त्यस्तै नेपाल प्रेस युनियनकी उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष वाला अधिकारीले नेपाल प्रेस युनियन ललितपुरको विगतको अवस्थाको चर्चा गर्दै नवौं महाधिवेशनमा ललितपुरबाट उम्मेदवार घोषणा गरेकाहरुलाई विजयका लागि शुभकामना व्यक्त गर्नुभयाे । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्य नेपालले नेपाल प्रेस युनियन मात्रै ट्रेड युनियन अधिकारको पक्षमा वकालत गर्ने र लड्ने संस्था भएको वताउनुभयाे । उहाँले भन्नुभयाे, “नेपाल प्रेस युनियन मात्रै ट्रेड युनियन अधिकारका पक्षमा क्रियाशील संस्था हो। पत्रकार महासंघ गैरसरकारी संस्था मात्रै हो । युनियनका साथीहरू महासंघको मुख ताकेर बस्नुपर्ने अवस्था छैन, आइएफजेसंग सिधै सम्पर्क छ। यसलाई साथीहरूले अझै प्रभावकारी वनाउन सक्नुहुनेछ ।” त्यस्तै, कार्यक्रममा प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, उपमहासचिव सलोजा दहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरु दिलीप पौडेल, रमेश वाग्ले, भुवन शर्मा, कल्पना शर्मालगायतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार