प्रेस युनियनलाई नवौं महाधिवेशनमा इतिहास रच्ने अवसर

२०७९ श्रावण ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हेटौँडा, ५ साउन । २०४८ साल फागुन १५ र १६ गते ललितपुरमा प्रथम महाधिवेशन गरेको नेपाल प्रेस युनियनलाई नवौं महाधिवेशनमा आउँदा इतिहास रच्ने अवसर मिलेको छ ।

साउन ६ र ७ गते हेटौंडामा तोकिएको नवौं महाधिवेशमा सहभागीले युनियनको इतिहास रच्ने कार्यमा समर्थन भने जनाउनुपर्ने भने देखिन्छ । प्रतिनिधिहरुको सहयोग र समर्थन हुन सक्यो भने यस पटक युनियनको इतिहास रचिने देखिन्छ ।

नेपाल प्रेस युनियनले अहिलेसम्म महिला अध्यक्ष पाउन सकेको छैन अथवा नेपाल प्रेस युनियनको अध्यक्ष महिला हुन सकेको स्थिति छैन । महिला पनि नेतृत्व गर्न सबल छन् भन्दै युनियनको प्रथम महिला अध्यक्ष हुने दाबीका साथ अनिता बिन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नवौं महाधिवेशनबाट युनियनको इतिहास रचिने सम्भावना बढेर गएको देखिन्छ ।

नेपाल प्रेस युनियनको कार्यसमिति सदस्य हुँदै उपाध्यक्षसम्म भुमिका निर्वाह गरिसक्नु भएकी बिन्दुले नेपाल पत्रकार महासंघको उपाध्यक्ष लगायत थुप्रै संघ सस्थामा नेतृत्व गरि सफल महिलाको रूपमा चिनिनुहुन्छ । पुरुष सरह आएका जिम्मेवारी पुर्णरुमा पालना गर्दै आउनु भएकी उहाँले अवसर पाएमा युनियनको नेतृत्व पनि सहि ढंगले सम्हाले देखिन्छ ।

यस्तो छ बिन्दुको इतिहास

दुई दशक भन्दा बढी पत्रकारितामा बिताइसक्नु भएकी अनिता बिन्दु पत्रकारको हक हितको लागी निरन्तर संघर्ष गर्दै आउनु भएको छ । पत्रकारको हकहितको लागि मात्रै नभएर महिला हक हितको लागि पनि विभिन्न संघ सस्थामा रहेर काम गरिसक्नु भएकी बिन्दु निडर र अब्बल महिलाको रुपमा चिनिनुहुन्छ ।

नेपाल प्रेस युनियनको एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष समेत भैइसक्नु भएकी उहाँ नेपाल पत्रकार महासंघको उपाध्यक्ष समेत भैइसक्नु भएको छ । साङाठिक अनुभवहरु थुप्रै बटुल्नु भएकी उहाँ हाल पनि नेपाल टेलिभिजनको वरिष्ठ समाचार सम्पादकको रूपमा काम गरिरहनु भएको छ ।

पत्रकारको पेशागत सुरक्षा,भौतिक सुरक्षा, मनोबैज्ञानिक सुरक्षाको बिसयमा निरन्तर आवाज उठाउदै पत्रकारको अभिभावकिय भुमिका निर्वाह गर्दै आउनु भएकि उहाँ पत्रकारहरुको समस्यमा जानकार हुनुहुन्छ । उहाँ हाल पनि पत्रकारितामा सकृय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय