डा.शर्मिला पराजुली ढकाल स्पेनको राजदूतमा नियुक्त

२०७९ श्रावण १०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ढकाललाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा.शर्मिलालाई स्पेनको आवासीय राजदुतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

डा. शर्मिलाले यो भन्दा पहिले ओमानमा सफल राजदुतका रुपमा आफ्नो कार्यकाल पुरा गरेपछी सरकारले पुन स्पेनको लागी राजदुतमा पठाएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार