चुनाव जिताउन लागेका लागेकाहरुलाई जागीर दिन ल्याउन लागिएको विधेयक आपत्तिजनक छ : प्रेस युनियन उपाध्यक्ष अर्याल

२०७९ भाद्र २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २७ भदौ । निर्वाचनमा नेतालाई चुनाव जिताउन प्रचारप्रसारमा लागेकाहरुलाई जागीर दिनकै लागि मिडिया काउन्सिल विधेयक आउन लागेको प्रति सचेत गराउदै नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले विधेयक प्रति धेरै संका उत्पादन भएको धारणा राख्नुभएको छ । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौले अनामनगरमा गरेको मिडिया काउन्सिल विधेयकमा सरोकारवालाको धारणा बिषयक अन्तरक्रिया कार्यक्रममा अर्यालको यस्तो धारणा आएको हो ।

सरकारले अन्तिम समय पारेर ल्याउन लागेको विधेयक प्रति धेरै संका-उपसंका रहेको भन्दै नेपाल प्रेस युनियनको जनकपुरको बैठकले मिडिया काउन्सिल विधेयकमा भएका त्रुटि सच्याउन सरकारसंग माग गर्ने बिसयमा समेत निर्णय गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका उपमहासचिव सुरोजंगल पाण्डेले चुनावी सरकारले यस्तो विधेयक ल्याउन नमिल्ने धारणा राख्नुभयो । उहाँ प्रयाप्त छलफल विना विधेयक संसद लैजान नहुने भन्दै यदि त्यसो भएमा प्रेसको घाँटी निमोठिने धारणा राख्नुभयो ।

त्यस्तै बरिष्ठ पत्रकार अन्न्तराज लुइँटेलले विधेयक मार्फत सरकारले मिडिया माथी अन्कुस लगाउन खोजेको धारणा राख्नुभयो । उहाँले प्रेस काउन्सिलका कर्मचारीलाई पाखा लगाएर आफ्ना कर्याकर्ता भर्ती गर्न सरकारले नयाँ खेल रचेको आरोप समेत लगाउनु भयो ।

राजधानी दैनिकका सम्पादक सागर पण्डितले मिडिया काउन्सिल विधेयक खारेज हुनुपर्ने धारणा राख्नुभयो उहाँले भन्नुभयो “यो मिडिया काउन्सिल विधेयक मिडियाको हितमा छैन त्यसैले यसको बारेमा बहस गर्नु नै ब्यार्थ छ ।” यस बिसयमा बहस गर्नु भन्दा खारेजीको तर्फ ध्यान दिन उपस्थित सबै आग्रह समेत उहाँले गर्नुभयो ।

त्यस्तै इकागका प्रधान सम्पादक हरि बहादुर थापाले “प्रेस काउन्सिल” बाट “मिडिया काउन्सिल” भनेर नाम परिवर्तन हुदैमा केही परिवर्तन नहुने भन्दै हाल मौज्दात रहेको प्रेस काउन्सिल लाई बलियो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँ भन्नुभयो “देशमा गणतन्त्र आएपछि सरकार नामको पछि दगुरेको देखिन्छ । नाम पछि प्रवृत्तिको पछि कुदौ”

कार्यक्रम प्रमुख अतिथि विकास तथा प्रबिधि समिति संयोजक कल्याणी खड्काले प्रयाप्त छलफल पछि मात्रै मिडिया काउन्सिल विधेयकको टुंगो लाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “यो आवश्यक नै छैन भन्ने तर्क अहिल्यै नगरौ । यसमा व्यापक छलफल गरौं र निष्कर्षमा पुगौ ।” उहाँले यसमा पक्ष विपक्ष भन्दा पनि सबै एकै ठाउँमा रहेर यसमा छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय