भारतबाट पेट्रोलियम पदर्थको मुल्य घटेर आयो

२०७९ चैत्र १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १८ चैत । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसंगै ईन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजार अनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको ईन्डियन आयल कर्पोरेशनले यहीँ अप्रिल १ तारिखबाट लागू हुने गरि नेपाललाई दिने पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

नेपालका लागि २०२३ अप्रिल १ तारिखबाट लागु गरेको नयां मुल्य अनुसार नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १६ तारिखको मूल्य भन्दा पेट्रोल प्रति लिटर १ रुपैयाँ ७४ पैसा‌ र डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँ ८२ पैसाले घटेर आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय