खुकुरी मार्सल आर्टस् संघको अध्यक्षमा त्रिपाठी

२०८० श्रावण १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सावित्री अधिकारी
धादिङ, १८ साउन । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ शाखा धादिङको अध्यक्षमा सुमन त्रिपाठी चयन भएका छन् ।

आदमघाटस्थित त्रिशुली भ्यू रेस्टुरेन्टमा भएको प्रथम जिल्ला अधिवेशनबाट त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । उक्त अधिवेशनबाट संघको उपाध्यक्षमा सिताराम तामाङ, सचिवमा डम्बर बहादुर मोक्तान र कोषाध्यक्षमा गणेश तामाङ चयन भएका छन् ।

यसैगरी रोशन गुरुङ, विष्णु भट्ट र प्रविण विकलाई शाखाको सदस्यमा चयन गरिएको छ । अधिवेशनमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय