तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु , एक घाइते

२०८० श्रावण २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौैँ, २१ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उहाँकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो । सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय