अविरल बर्षाका कारण धादिङमा ६२ घर पहिराेकाे उच्च जाेखिममा,उद्दारको टाेली घटनास्थलमा जादै (फोटा सहित)

२०८० श्रावण ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साबित्री अधिकारी

धादिङ ३०,साउन । तीन देखि परेको अविरल बर्षाको कारण गंगाजमुना गाउँपालिका वडा नं.१ को री गाँउ ठूलो पहिरोकाे जाेखिमा परेकाे छ । गाउँ भन्दा माथि जमिन भासिएर ठूलो पहिरो खस्न लागेको कारण सुरक्षालाई ध्यानमा राखी साेमबार बिहानै देखि री गाउँको ६२ (बैसठ्ठी) घर धुरीका जनतालाई सरसामान सहित अन्यत्र सार्ने काम भैरहेको छ । पहिराेकाे जाेखिम बढेपछि सोही गाउँकाे पठन पाठन कार्य पनि केही समयको लागि बन्द गरिएको वडाध्यक्ष बाहादुर तामाङले जानकारी दिनुभयाे ।

घटनाको जानकारी प्राप्त हुनसाथ संवेदनशीलतालाई ध्यानमा राखी स्थानिय एवं जिल्ला सुरक्षा निकाय,जिल्ला प्रशासन कार्यलाय,जिल्ला रेडक्रस,वाग्मती प्रदेश मुख्य मन्त्रीको कार्यालय लगायत सम्वद्ध निकायहरूमा आवश्यक सहयोग र व्यवस्थापनको लागि अनुरोध गरिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयाे । उहाँका अनुसार आज दिउँसो नै इलाका प्रहरी कार्यालय फुलखर्क र दार्खाका प्रहरी टोली घटना स्थल पुगिसकेका छन् भने जिल्लाबाट आउने शसस्त्र टोली वडा नं २ को तावल पुगिसकाेकाे छ।

अविरल बर्षाको कारण री गाँउ जाने सडक ताप्राङ खोला वरपर लगायत विभिन्न स्थानमा पहिरो गै अवरूद्ध भएकोले गा.पा.बाट डोजर व्यवस्था गरी बाटो खोली यातयात संचाचन गर्ने कार्य भैइरहेकाे वडाध्यक्ष तामाङले जानकारी दिनुभयाे । अवरूद्ध बाटो खोल्न समय लाग्ने भएको हुँदा घटना स्थलमा राहतका सामग्री त्रिपाल, म्याट लगायत सामग्रीहरू लिएर टोली संवभत ३० गते दिउँसो मात्र घटना स्थलमा पुग्ने उहाँले जानकारी दिनुभयाे ।

गाउँका आमाबुबा,दाजुभाइ, दिदीबहिनीहरू सबैमा नआत्तिनु हुन अनुरोध गर्दै सम्बद्ध सबै सरोकार पक्षलाई यो प्रकृति प्रकोपीय दुखकाे परिस्थितिमा सम्भाव्य सहयोग गर्न पनि वडाध्यक्ष तामाङले सबैलाइ आग्रह गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय