शंखमूलको ज्ञान निकेतन स्कुलमा छिरेको भैंसी समात्न डार्ट प्रयोग

२०८० भाद्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,६ भदौ । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेको छ । ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरेको हो ।

वन अधिकृत अशोक पराजुलीले डार्ट सफल भएको बताए । अब केहीबेरमा भैंसी लठ्ठीएर बेहोस् हुने र त्यसपछि नियन्त्रणमा लिइने पराजुलीले जानकारी दिए ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेर ग्यारेजमा बसेको थियो । डार्ट लागेपछि भैंसी उठेर स्कुल परिसरभित्र हिँडीरहेको छ । भैंसीले क्षति पुर्याउने सक्ने भएकाले सशस्त्र र नेपाल प्रहरीको टोलीले निगरानी गरिरहेका छन् ।

उक्त भैंसी स्कुलको ग्यारेजभित्र प्रवेश गरेर बसेपछि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको टोलीले डिभिजन वन कार्यालयको टोलीलाई खबर गरेको थियो । त्यसपछि भेटेरिनरी डाक्टरसहित वन अधिकृतको टोली विद्यालय परिसरमा पुगेको थियो । यसअघि काठमाडौं उपत्यकाका वस्तीहरुमा प्रवेश गर्ने चितुवाहरुलाई पनि यही टोलीले नियन्त्रणमा लिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय