धादिङ दुर्घटना अपडेट : मृत्यू हुने मध्ये ६ सनाखत (नामावली सहित)

२०८० भाद्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साबित्री अधिकारी

धादिङ, ६ भदौ । गजुरी गाउँपालिका–२ चालिसे स्थित छहराबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यू हुने २ जनाको अझै सनाखत हुन बाँकी रहेको छ ।

म्याग्दी कोरला यातायात प्रा.ली.को प्रदेश ३-०१-००५ ख ९९५२ नं बस काठमाण्डौंबाट पर्वत म्याग्दी बेनी तर्फ जादै गर्दा धादिङको गजुरीमा अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अन्दाजी ३०/४० मिटर तल खसी दुर्घटना भएको थियो ।

मृत्यू हुनेको नामावली

१. जिल्ला म्याग्दी रघुगंगा गा।पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी मृत्यु भएको ।

२. जिल्ला पर्वत मोदी गा।पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल मृत्यु भएको ।

३. जिल्ला धादिङ गजुरी गा।पा ८ बस्ने बर्ष अं। २० को शुसिल रम्तेल मृत्यु भएको ।

४. जिल्ला कास्की फुलबारी ११ बस्ने बर्ष अं। २४र२५ को सुमन थापा मृत्यु भएको ।

५. जिल्ला पर्वत जलजला गा।पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा मृत्यु भएको

६. जिल्ला पर्वत मोदी गा।पा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षेत्री मृत्यु भएको ।

७. सनाखत हुन बाँकी

८. सनाखत हुन बाँकी

घाईतेहरु ट्रमा सेन्टर काठमाण्डौंमा

१. बस चालक जिल्ला म्याग्दी बेनि न।पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम ।

२. जिल्ला म्याग्दी बेनी न।पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम ।

३. जिल्ला म्याग्दी बस्ने बर्ष अं ४५ की सुनिता छन्त्याल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।

४. देश बंगलादेश बस्ने बर्ष अं ३५ को सुदिप मण्डल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।

५. जिल्ला म्याग्दी बेनि न।पा ३ बस्ने बर्ष अं। २९ को गौतम छन्त्याल टाउको र हातमा चोट अबस्था गम्भिर ।

६. बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट ।

७. जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम ।

८. जिल्ला पर्वत मोदी गा।पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम ।

९. जिल्ला म्याग्दी मंगला गा।पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम ।

१०. जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम, ICU मा उपचार हुदै ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय