पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

२०८० भाद्र ८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, ८ भदौ । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय