अमेरिका बसेर नेपालमा मानव तस्करी गर्ने गिरोहका नाइके पक्राउ

२०८० भाद्र २२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २२ भदौ । अमेरिकामा बसेर नेपालमा मानव तस्करी गर्ने गिरोहका नाइके पक्राउ परेका छन ।

अमेरिका बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको हो।

भारत हुँदै नेपाल आउने क्रममा उनलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको हो। गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो।

‘उहाँविरुद्ध ६ जना पीडितको जाहेरी छ,’ उहाँले भन्नुभयो, ‘गौतमसहित चारजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौँ।’ पक्राउ परेकाविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ।

ब्युरोले गत ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आफ्नो बैंक खाता प्रयोग गर्न दिएर गिरोहलाई सघाउने अन्य दुईजना पनि थुनामा रहेको ब्युरोले जनाएको छ। गिरोहमा धेरैजना भए पनि गौतम नै नाइके भएको एसएसपी श्रेष्ठले बताउनुभयो।

विभिन्न देशमा गौतमका एजेन्ट
रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव हुनुहुुन्थ्यो।

त्यसवेला एक कार्यक्रममा सहभागी हुन उनी अमेरिकाको टेक्सास पुग्नुभएको थियो। टेक्सासमा मेक्सिकन नागरिकहरूसँग चिनजान भएको र उहाँहरूसँगकै संगतले पछि अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पुग्नुभएको थियो।

सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उहाँले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन्। पक्राउ परेपछि उहाँले अमेरिका लैजाने धन्दा चलाएको स्वीकार गरेका छन्। दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको उहाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय