सबैदल मिलेर मुलुकको विकास गर्नुपर्छ : मन्त्री गुरुङ्

२०८० भाद्र २४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, २४ भदौ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुलुक बनाउन सबैदल एकै ठाउमा उभिनुपर्ने बताउनुभएकाे छ ।

स्याङ्जाको वालिङमा राष्ट्रिय बाणिज्य बैंकको २८२ औं शाखाको समुदघाटन् गर्दै कानुन मन्त्री गुरुङ्ले विरोध गरेर भन्दा पनि सबै मिलेर अगाडी बढ्न सकेमा मुलुकको विकास हुने बताउनुभएकाे हाे। विरोध मात्रै गरेर मुलुकको विकास नहुने भन्दै मुलुकको विकासका लागि नेपालका सबै राजनीतिकदल एकै ठाउमा उभिनुपर्ने बताउनुभयाे ।

‘कर्म र विश्वासले मुलुकको हित गर्छ’ मन्त्री गुरुङ्ले भन्नुभयाे,‘नेता र कर्मचारीमा कर्म र विश्वास हुनु जरुरी छ ।’ देश बनाउन गफ गर्ने हैन होइन काम गर्ने हो भन्दै गुरुङ्ले अव भाषण बन्द गरेर मुलुक बनाउन अगाडी बढ्नुपर्ने बताउनुभयाे। देशको विकासमा बैंकहरुको महत्वपुर्ण भुमिका रहने हुँदा साना उद्योगी व्यवसायीको हितमा हुनेगरी बैंकले लगानी गर्न मन्त्री गुरुङ्ले आग्रह गर्नुभयाे । बाणिज्य बैंक सरकारी बैंक भएकाले सरकारले बोकेका आर्थिक उत्तरदायीत्व अनुसार काम गर्न मन्त्री गुरुङ्ले बताउनुभयाे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले बैंकहरु अझै दुरदराजका जनतामा पुग्न नसकेको टिप्पणी गर्नुभयाे । जब सम्म दुरदराजमा रहेका जनताको पहुँचमा बैंक पुग्न सक्दैन तव सम्म मुलुकले आर्थिक उन्नती गर्न नसक्ने अर्यालको भनाई थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बाणिज्य बैंक अव किसानको बैंक हुने विश्वास दिलाउनुभयाे ।

कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँण, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ लगायतले बैंक जनताको सेवक बन्न सुझाव दिनुभएकाे थियाे । वालिङमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुले सगै कर्मशियल बैंकको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय