ताप्लेजुङ २४ भदौ । नेपाल महिला संघमा देखिएको विवाद सुल्झाउन ताप्लेजुङ पुगेको नेपाल महिला संघको टोलिलाई एक समुह बहिष्कार गरेको छ ।
नेपाल महिला संघमा विवाद देखिएपछि केन्द्रिय समितिको अनुमति लिएर देशभर विवाद समाधान गर्न हिडेको टोलिलाई ताप्लेजुङको एउटा समूहले बहिस्कार गरेको हाे । देशभर बनेका समानान्तर कमिटीलाई एउटै बनाउन केन्द्रिय अध्यक्ष उषा राउत सहितको नेपाली काङ्ग्रेसका नेताको टोलि विभिन्न जिल्ला पुगेको छ ।


विपि स्मृतिको अवसरमा ताप्लेजुङमा आयोजना गरिएको कार्यक्रममा नेपाल महिला संघकाे समानान्तर कमिटीका केही महिलाले कार्यक्रम बहिस्कार गरेका थिए । महिला संघमा देखिएको विवाद मिलाउन ताप्लेजुङ पुगेको नेपाली काङ्ग्रेस सह-महामन्त्री डिना उपाध्याय, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोमा भट्टराई र नेपाल महिला संघ अध्यक्ष उषा राउत सहभागी भएको कार्यक्रममा केही महिलाले कार्यक्रम बहिस्कार गरेपछि समानान्तर समितीका नाममा अराजकता देखिएको धेरैको टिप्पणी थियो ।
नेताको उक्साहाटमा लागेर बनाइएको समानान्तर समितीले नेपाली काङ्ग्रेसको हित गर्न नसक्ने धेरैको बुझाइ थियो । कार्यक्रम बोल्दै नेपाल महिला संघकी अध्यक्ष उषा राउतले स्थलगत अध्यन गर्न आफुहरु ताप्लेजुङ आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो “संगठन बनाउन हो भने आउनुस हातेमालो गरौं होइन भने संगठन बिग्रान स्थापना भएका यस्ता समानान्तर समितिको कुनै औचित्य छैन ।” उहाँले नेताको घरदैलो भन्दा पनि जनताको घरदैलो गर्नेलाई जिम्मेवारी प्रदान गर्न केन्द्रिय नेतालाई आग्रह समेत गर्नुभयो ।