धादिङ महिलामाथि बोक्सी आरोप लगाउने अपमान र बेइज्जत गरेको भन्दै एक महिलालाई प्रहरीले पक्राउ

२०८० आश्विन ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी

धादिङ,५ असोज । धादिङ महिलामाथि बोक्सी आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अरुलाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गर्ने सोही ठाउँकी चमेली भन्ने बिपना श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ २९ गते मध्यान्ह बाह्र बजेको समयमा आफूमाथि बोक्सीको आरोप लगाई अपमान र बेइज्जत गरेको भन्दै पीडित महिलाले प्रहरीमा जायरी दिएकी थिइन् ।

जाहेरीको आधारमा वुधवार विपनालाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयाे । उनी बिरुद्ध बोक्सी आरोप शीर्षकमा मु्द्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय