माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु

२०८० आश्विन ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रेसुङ्गा, ८ असोज । गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो ।

यसैगरी सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए। मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार