काठमाडौँ,२१ असोज । शनिबार बिहान इजराइल हमासमा रकेट आक्रमण हुँदा ९ नेपाली विद्यार्थी घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार थियो । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजराइली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ ।
“हामीले इजराइली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जवाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ”, उक्त समूहले भनेको छ, “हामीले अल–अक्स फ्लडको घोषणा गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्यौँ ।” गाजापट्टीबाट इजराइली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजराइली सेनाले बताएको छ ।
सन् २००७ मा हमास सत्तामा आएपछि इजराइलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजराइलबीच विनाशकारी युद्ध भएका छन् । पछिल्लो हमला इजराइलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बीच भएको हो ।
इजरायलको भीमतहिममा बर्दियाका लुइस रिजाल रिजालसहित ४९ नेपाली विद्यार्थी इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभ क्षेत्रमा छन् । गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि पुगेकामध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । किवुज अलुमिनमा रहेका १४ जनामध्ये ९ जना घाइते छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ । यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ ।