एमालेले भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गरी पुनसर््थापनाको कामका लागि स्वयंसेवक परिचालन

२०८० मंसिर २, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ मङ्सिर । जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनसर््थापनाको कामका लागि नेकपा एमालेले स्वयंसेवक परिचालन गरेको छ ।

भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामाग्रीसहित शनिबार पार्टी कार्यालय च्यासलबाट विदाई गर्नुभयो ।

टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गर्ने तयारी गरेको एमालेले जनाएको छ । केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले रुकुम पश्चिम र जाजरकोटका सवै स्थानमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जानकारी दिनुभयो । पार्टीका बिभिन्न जनसंगठन र मातहतका कमिटीहरुका स्वयंसेवकहरु ४० समूहमा बाँडिएर श्रमदानमा खटिने उहाले बताउनुभयो ।

उहाले भत्किएका भग्नावेश हटाउने, मरेगलेका चौपाया हटाउने र पुननिर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय