स्याङ्जामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

२०८० मंसिर ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,४ मंसिर । पुतलीबजार नगरपालिका १४  भिरबारी स्थित भित्रि सडक खण्डमा तोप्सेबाट लामागे तर्फ आउँदै गर्दा आज बिहान करिब ९:३० बजे ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ जिल्ला दंगीशरण गाउँपालिका ४ बस्ने ट्याक्टर चालक २८बर्षका रामहरी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयाे। ग १ त ४९८७ नम्बरको ट्याक्टर अनियंत्रित भैइ खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय