काठमाडौं, ४ मंसिर। गोपाष्टमीको अवसर पारेर पशुपति गौशालामा संरक्षण गरिएका २४४ गाई गोरुको विशेष पूजासहित मीठो खानेकुरा खुवाइएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन गाई गोरुको पूजा गरी गोपाष्टमी पर्व मनाउने गरिन्छ । गौशालामा हाल दुहुना गाई ८० वटा, दुध नदिने गाई ६७ वटा, सानो बाच्छा २० वटा, बाच्छी २८ वटा, साढे ४ वटा लगाएत छन् । दुहुना गाइहरुबाट दैनिक सरदर ६ सय लिटर दुध उत्पादन हुने गरेको पशुपति गौशाला धर्मशालाले जनाएको छ जसमध्ये गौशालाले दैनिक २९ लिटर दूध पशुपतिनाथमा अर्पण गर्न निःशुल्क दिने गरेको पशुपति गौशाला धर्मशालाका महासचिव महावीरप्रसाद अग्रवालले जानकारी दिनुभयो ।